२९ जेठ २०८३, शुक्रबार

कार्यबाहक प्रधानमन्त्री खाँणद्वारा पशुपतिमा पूजाअर्चना

कात्तिक १३, २०७८
कार्यबाहक प्रधानमन्त्री खाँणद्वारा पशुपतिमा पूजाअर्चना
फाइल फोटो

कार्यबाहक प्रधानमन्त्रीको जिम्मेवारी सम्हालेका गृहमन्त्री बालकृष्ण खाँण शनिवार बिहान पशुपति मन्दिर गई आराध्यदेव भगवान् पशुपतिनाथको पूजाअर्चना गरेका छन् ।

उनले सर्वसाधारणकै बीचमा रही लाइनमा बसेर पशुपतिनाथको दर्शन गरेका हुन् ।

सो अवसरमा उनले पशुपतिनाथका पुजारीबाट अभिषेक ग्रहण गरेका थिए । पशुपतिनाथ दर्शन गर्ने क्रममा परिसरमा रहेका वासुकी, सत्यनारायण लगायतका मन्दिरको उनले दर्शन गरे ।

दर्शन गरी फर्कने क्रममा पशुपतिनाथ दर्शन गर्न लाइनमा बसेका सर्वसाधारणसँग भलाकुसारी समेत गरी करीब डेढ घण्टा गृहमन्त्री खाँणले समय बिताएका थिए ।

दर्शन गरी मन्दिर परिसरबाट बाहिरिने क्रममा सञ्चारकर्मीको जिज्ञासामा मुलुकको समृद्धि, नेपाली जनताको सुख र शान्ति सुव्यवस्थाका लागि कामना गरेको उनले बताए ।
 

salt training

कमेन्ट गर्नुहोस्