२५ जेठ २०८३, सोमबार

शाहरुख खानका छोरा आर्यन रिहा

कात्तिक १३, २०७८
शाहरुख खानका छोरा आर्यन रिहा

बलिउड अभिनेता शाहरुख खानका छोरा आर्यन रिहा भएका छन् ।

लागूऔषध ड्रग्स मुद्दामा पक्राउ परेर लामो समयदेखि थुनामा रहेका आर्यन शनिवार रिहा भएका छन् ।

आर्यनलाई लैजान शाहरुखका बडीगार्ड रवि जेल पुगेका थिए । उनी जेलबाटै सिधै मन्नतस्थित घरमा जाने भारतीय सञ्चारमाध्यमले जनाएका छन् । आर्यनको परिवारले उनको रिहाइका लागि कोसिस गरिरहेको थियो ।

पक्राउ परेको २८ दिनपछि आर्यन रिहा भएका हुन् । उनी शाहरुखको गाडीमा बसेर मन्नततिर लागेका छन् । 
 

salt training

कमेन्ट गर्नुहोस्