×

NMB BANK
NIC ASIA

राजनीतिसँगै खेलकुद

पाखुरामा दम भएका ओलम्पियन मन्त्री हमाल

कात्तिक १३, २०७८

NTC
Sarbottam
Premier Steels
Marvel

प्रदेश स्थापनापछि सुरेन्द्रबहादुर हमालको नाम मन्त्रीका लागि चर्चामा थियो तर तत्कालीन नेकपा एमाले र माओवादी केन्द्रको चुनावी गठबन्धनले सरकार बनाउने गरी निर्वाचन जितेपछि कांग्रेसको सरकार बन्ने अवस्था रहेन । 

Muktinath Bank

३ वर्षपछि लुम्बिनीमा नेकपाबाट एमाले र माओवादी केन्द्र अलग–अलग भएर मुख्यमन्त्री शंकर पोखरेल नेतृत्वको सरकार ढलेपछि खेलकुद र राजनीतिलाई समानान्तर रूपमा लिएर हिँडेका उनै हमाललाई लुम्बिनीमा मन्त्री बन्ने अवसर जुर्‍यो ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

भारत्तोलनमा अन्तर्राष्ट्रिय ख्यातिप्राप्त खेलाडी हमाल लुम्बिनी प्रदेशका नवनियुक्त वन, वातावरण तथा भूसंरक्षण मन्त्री हुन् । प्रदेशमा कांग्रेसी राजनीतिमा हमाल चर्चित नाम हो । अझै त्योभन्दा पनि धेरै खेलाडीमा रूपमा चिनिन्छन् उनी । 


Advertisment
Nabil box
Kumari

बाँके जिल्लाको निर्वाचन क्षेत्र नम्बर २ (ख) बाट प्रदेशसभा सदस्यमा प्रत्यक्ष निर्वाचित सांसद हमाल मन्त्री हुनुअघि कांग्रेस प्रदेशसभा प्रमुख सचेतक थिए । हमाल प्रधानमन्त्री शेरबहादुर देउवाले गैरसांसदबाट उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री बनाएका गजेन्द्रबहादुर हमालका सहोदर भाइ हुन् । 

Vianet communication
Laxmi Bank

आफू खेलाडी भएको हुँदा हमालको रुचि युवा तथा खेलकुद मन्त्रालयप्रति थियो । खेलकुदमा शिक्षा मन्त्रालयमा पनि जोडिएर उनले त्यो मन्त्रालय लिएनन् । माओवादी केन्द्रका नेता कूलप्रसाद केसी नेतृत्वको ५ दलीय गठबन्धनबाट ‘जम्बो’ मन्त्रिमण्डल बनाउँदा हमालको भागमा वन, वातावरण मन्त्रालय आइलाग्यो । हमाल भारत्तोलन खेलका अन्तर्राष्ट्रिय खेलाडी हुन् ।

हमालले भारत्तोलनमा नेपाललाई पहिलोपल्ट अन्तर्राष्ट्रिय पदक दिलाएका छन् । ‘२०४१ सालमा धनगढीमा राष्ट्रिय भारत्तोलन थियो । त्यहाँ नेपालको बलियो व्यक्तिको उपाधि र बेस्ट लिफ्टरको उपाधि मैले जितेको हुँ,’ हमालले भने ।

२०४१ सालमा ३५औं एसियन च्याम्पियनशिपको स्न्याचमा तेस्रो बनेर पहिलो अन्तर्राष्ट्रिय पदक दिलाउन सफल भएको हमाल बताउँछन् । उनले ओलम्पिकमा भारत्तोलनमा ६७.७ उमेर समूहमा प्रतिस्पर्धा गरेका थिए । उनी खेलकुदमा सन् १९८४ मा ओलम्पिकमा सहभागी भएका थिए । भारत्तोलनको अन्तर्राष्ट्रिय ‘ए’ लेभलको रेफ्री पनि हुन् उनी ।

हमालले नेपालको तर्फबाट विभिन्न प्रतियोगितामा सहभागी हुँदै १३ वटा जितेर देशको गौरव बढाएका थिए । 

अहिले मन्त्री हुँदा सक्रिय खेलजीवनमा नरहे पनि शारीरिक रूपमा पुनर्जीवन पाएका सुरेन्द्रमा सामाजिक र खेल गतिविधिबाट युवापुस्तालाई सफलता र सत्मार्गमा डोर्‍याउन सक्ने क्षमता र दृढता दुवै छ । उनले आत्मकथा ओलम्पियन पुस्तक पनि लेखेका छन् ।
 
२०३७ सालमा नेपालगञ्जमा भएको भारत्तोलन प्रतियोगिता हेरेपछि खेलतर्फ उनको रुचि बढेको हो । ‘त्यहाँ प्रतियोगिता हेर्न म पनि गएको थिएँ,’ हमालले भने, ‘बलियो जीउडाल भएका म जस्तै खेलाडी खेल्न सक्ने रहेछन्, म पनि खेल्न सक्छु भनेर लागेको थिएँ ।’
 
भारतको दिल्लीमा आयोजित एसियन खेलकुद (सन् १९८२), लासएन्जेल्स ओलम्पिक (सन् १९८४) र एसियन गेम चीनको बेइजिङ (सन् १९९०) मा उनले पोजिसनको लागि डिप्लोमा उपाधि पाएका थिए । 

खेलकुदमा लागेको ४ वर्षमै ‘स्ट्रोङ्गेस्ट म्यान अफ नेपाल २०४१’ उपाधि पाएका उनी बेस्ट लिफ्टर (सर्वोत्तम खेलाडी) २०४१ बाट पनि पुरस्कृत भएका हुन् । भारत्तोलनभन्दा अगाडि उनी टेबलटेनिस खेल्थे । नेपालगञ्जको भारत्तोलनपछि उनको खेल जीवन पाखुरामा दम देखाउने खेलतर्फ मोडियो ।

उनी नेपाल भारत्तोलन संघका पूर्व उपाध्यक्ष पनि हुन् । खेलसँगै हमालले २०७२ सालमा राष्ट्रिय खेलकुद परिषद्को कोषाध्यक्षको भूमिका रहेर पनि काम गरेका छन् । 

हमालले कांग्रेसभित्र इमान्दार र अध्ययनशील नेताको छाप पनि बनाएका छन् । ‘राजनीतिसँगै खेलका प्रतियोगितामा भाग लिन छाडे पनि खेलको विकासका लागि व्यवस्थापकीय रूपमा सहभागी हँुदै आएको थिएँ । अब मन्त्री भएको छु । मैले सम्हालेको मन्त्रालय खेलकुद नभए पनि खेलकुदको विकासमा ध्यान छ,’ उनले भने । 

२०१९ असोज ६ गते बाँकेको नेपालगञ्ज उपमहानगरपालिका–२ घरबारीमा जन्मिएका मन्त्री हमाल २०३५ सालदेखि नेपाल विद्यार्थी संघर्षबाट राजनीतिमा पनि जोडिएका थिए । परिवारका ६ दाजुभाइमध्ये सुरेन्द्र राइँला हुन् । 

खेलकुदसँगै राजनीतिबाट समाज परिवर्तन गर्नुपर्छ भनेर पूर्णकालीन कांग्रेस राजनीतिमा सक्रिय भएर अहिले मन्त्री बन्ने अवसरसम्म आइपुगेको उनी बताउँछन् । उनी २०४९ सालमा कांग्रेसबाट तत्कालीन नेपालगञ्ज नगरपालिकाको उपमेयर समेत भएका थिए । हमालले महेन्द्र बहुमुखी क्याम्पस नेपालगञ्जबाट कानून विषयमा प्रविणता प्रमाणपत्र तह उत्तीर्ण गरेका छन् । उनले ४ वर्ष अगाडि क्यान्सर जस्तो जटिल रोगलाई जितिसकेका छन् । 

विद्यार्थी आन्दोलनबाट राजनीतिमा संलग्न मन्त्री हमालको खेलकुद, शिक्षा र पूर्वाधार निर्माणमा रुचि छ । ‘नेपाल खेलको उर्वर भूमि हो तर खेलाडीलाई खेलमै टिकिरहेर काम गर्ने अवस्था छैन । त्यसैले खेलकुद क्षेत्रमा सकेसम्म केही गर्नुपर्छ भन्ने छ । म खेलमन्त्री नभए पनि हाम्रो क्याबिनेटदेखि शिक्षा, विज्ञान, युवा तथा खेदकुद मन्त्री बसिउद्धिन खाँलाई व्यक्तिगत पनि सुझाव दिएर खेलको विकासमा लाग्छौं,’ उनले भने ।

खेलकुदमा हालसम्म राज्यको खासै ध्यान पुग्न सकेको छैन । खेल जीवनमा आफूले भोगेको अभाव र खेलाडीका समस्या मन्त्री भएपछि पूर्ति गर्न उनी चाहन्छन् । ‘खेलको विकासको लागि मलाई प्रोत्साहन छ,’ उनले भने, ‘छोटो कार्यकाल छ, मैले केही गरेर देखाउनुपर्ने छ ।’

लुम्बिनीमा माओवादी केन्द्र र कांग्रेसबीच ८/८ महिना  आलोपालो सरकार चलाउने सहमति भएको भन्ने कांग्रेस–माओवादीका नेताहरू नै बताउँछन् । सरकारको नेतृत्वकर्ता फेरिँदा मन्त्रीहरू पनि फेरिने अवस्था आयो भने हमालको सत्ता यात्रा पनि क्षणिक नै हुने देखिन्छ । आउँदै गरेको निर्वाचनको समयमा जनतालाई छुने गरी काम गरेर आफ्नो र कांग्रेसको लोकप्रिय बढाउनुपर्ने दबाब पनि मन्त्री हमाललाई छ ।

छोटो अवधिलाई उनले कसरी उपयोग गर्छन् त्यो भने आउने दिनले नै देखाउने छ तर विकासप्रेमी, असल र इमान्दार नेता र मन्त्रीका रूपमा आफूलाई कार्यकर्ताले चिनून् भन्ने हमालको चाहना छ । खेलकुदकै सिलसिलामा उनी अमेरिका, रसिया, चीन, इरान, इराक, पाकिस्तान लगायत दर्जनभन्दा बढी देशमा पुगेका छन् । 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १९, २०८०

समय : आइतवार बिहान ७ बजे  स्थान : नलगाड नगरपालिका, १ चिउरी, जाजरकोट (भूकम्पले सबैभन्दा धेरै क्षति पुर्‍याएको ठाउँ)  ‘मेरी आमालाई किन यस्तो भयो ? मलाई पनि बाँच्न मन छैन,...

माघ २०, २०८०

नृत्यका पारखीहरूका लागि लुम्बिनी प्रदेशमा लोकप्रिय नाम हो किशोर थापा । रुपन्देहीका किशोरको परिचय खाली नृत्यकार (डान्सर)मा मात्र सीमित छैन । उनी नृत्य निर्देशक, गायक, मोडल र फूटबल खेलाडीको रूपमा समेत उत्तिकै च...

फागुन ५, २०८०

श्रीमान्–श्रीमती नैं शाखा अधिकृत, त्यो पनि एकसाथ । यस्तो सुखद संयोग सरकारी सेवामा प्रवेश गर्न चाहनेमध्ये कमैलाई मात्र जुर्ने गर्छ । तर, गुल्मीको धुर्कोट गाउँपालिका वडा नम्बर–६ का सुरेन्द्र पाण्डे र रमित...

मंसिर १४, २०८०

प्रगतिशील राजनीतिको 'फ्रन्टलाइन'मा देखिने नेताहरू जति कठोर हुन्छन्, त्यो भन्दा बढी ‘इमोसनल र सेन्टिमेन्टल’ पनि हुन्छन् । त्यस्तै ‘इमोसनल फिलिङ्स’का बाबजुद परिस्थितिले कठोर बन्दै गएक...

माघ १३, २०८०

रोल्पाका देवराज बुढामगर गाउँकै साधारण किसान हुन् । परिवर्तन गाउँपालिका–४ पाथावाङ निवासी देवराजका ६ छोरी र एक छोरा सरकारी जागिरे छन् । छोराको आसमा ६ छोरी जन्माए देवराज र उनकी श्रीमती नन्दाले । हुन पन...

माघ ५, २०८०

मनीषा जीसीको वास्तविक नाम विष्णु घर्ती क्षेत्री हो । गुल्मीको धुर्कोट गाउँपालिका– ३ हाडहाडेकी विष्णुलाई धेरैले मनीषा भनेर चिन्छन् । उनै मनीषा लोक सेवा आयोगले लिएका पाँचवटा परीक्षामा एकसाथ नाम निकालेर अह...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x