३२ असार २०८३, बिहीबार

चाडपर्वका बेला मूल्यवृद्धि गरेको भन्दै प्रकाशमान सिंहले गरे सरकारको आलोचना [भिडियो]

कात्तिक १३, २०७८
चाडपर्वका बेला मूल्यवृद्धि गरेको भन्दै प्रकाशमान सिंहले गरे सरकारको आलोचना [भिडियो]

नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले चाडपर्वको बेला जनतामा मारमा पार्ने गरी मूल्यवृद्धि गरेको भन्दै सरकारको चर्को आलोचना गरेका छन् । 

पूर्वउपप्रधानमन्त्री समेत रहेका नेता सिंहले जनतालाई राहत दिने बेलामा ग्यास, पेट्रोल, डिजेलसहितका दैनिक उपभोग्य वस्तुहरूको मूल्यवृद्धि गरेको उल्लेख गर्दै तत्काल मूल्यवृद्धि नियन्त्रण गर्न पनि सरकारको गम्भीर ध्यानाकर्षण गराए । 

नेपाली कांग्रेस सुनसरी–काठमाडौं सम्पर्क समितिले शनिवार काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै उनले निर्वाचनमा जाने बेलामा मूल्यवृद्धि गराएर आफ्नै पार्टी नेतृत्वको सरकारले जनतालाई जवाफ दिन सक्ने अवस्थासमेत नबनाएको भन्दै असन्तुष्टिसमेत व्यक्त गरे । 

नेता सिंहले सरकारले मुलुकलाई भ्रष्टाचारमुक्त बनाउने, जनतालाई राहत दिने काममा विशेष ध्यान दिन जरुरी रहेको पनि बताए । उनले १४ औं महाधिवेशनमा पुरानै नेतृत्वलाई निरन्तरता दिएर पार्टीलाई झनै कमजोर बनाउने गल्ती नगर्न नेता, कार्यकर्तालाई आग्रहसमेत गरे । 
 

salt training

कमेन्ट गर्नुहोस्