काठमाडौं, ८ असार– अमेरिकामा बुधबार सीनेट इन्टेलिजेन्स कमिटी अगाडि बयान दिँदै एक अधिकारीले राष्ट्रपति चुनावमा रुसी ह्याकरले २१ राज्यलाई निशाना बनाएको बताएका छन् ।

जेनेट मेन्फ्रा अमेरिकाका डिपार्टमेन्ट अफ होमल्याण्ड सिक्युरेटिको साइबस सुरक्षा शाखासँग जोडिएका छन् ।
उनलेका अनुसार रुसी ह्याकरले चुनावका बीचमा २१ राज्यमा ह्याकिङ गरे । तर उनले ती राज्यहरुको नाम बताउन इन्कार गरे ।
उनले भने,‘यस समय हामीसँग सबूत छ, जसका अनुसार २१ राज्यमा चुनवसँग जोडिएको सिस्टम निशानामा परेका थिए ।’
उनका अनुसार चुनावका बीचमा ह्याकिङका कारण मत पेटिमा विगारिएको थियो ।
अमेरिकी गुप्तचर संस्था लगायतले पनि रुसले अमेरिकी चुनावमा गडबड गरेर डोनाल्ड ट्रम्पलाई जिताएको बताउँदै आएका छन् ।
तर ह्वाइट हाउसका प्रवक्ता शान स्पाइसरले राष्ट्रपटि ट्रम्प रुसी ह्याकिंगको मुद्दामा के विचार राख्छन् भन्नेबारे आफूलाई जानकारी नभएको बताउँछन् । उनले आफूले यसबारे उनीसँग केही कुरा नगरेको बताए ।
रुसले भने यसको अमेरिकाको चुनावमा आफ्नो संलग्नताको खण्डन गरेको छ ।