×
Bajaj Top
Khukuri
FONEPAY

धर्ती मातामाथि कम्युनिस्ट र पुँजीवादीको अत्याचार ! अब कुन बाटो हिँड्ने ?

काठमाडाैं | कात्तिक १३, २०७८

NTC
TVS INSIDE

नेपालमा ३ दिनको बेमौसमी वर्षाले ठूलो क्षति गर्‍यो । बाढीपहिरोका कारण १०० भन्दा बढी व्यक्तिको मृत्यु भयो ।

Sanima Bank
morang Auto yamaha

भित्र्याउन ठिक्क पारिएको धानबालीमा क्षति पुग्यो । १० अर्बभन्दा बढीको धानबालीको क्षति भएको प्रारम्भिक तथ्यांक आएको छ । मानौं, त्यस्तै वर्षा २ हप्तासम्म लगातार भयो भने के होला ? अथवा ३–४ वर्षसम्म थोपै पानी परेन भने के होला ?


Advertisment
NMB BANK
RMC TANSEN
shivam island

अहिले कोरा कल्पना जस्तो लाग्ने यस्तो विषय भविष्यमा यथार्थ हुनसक्ने सम्भावना प्रबल छ । वैश्विक तापमान वृद्धिले ल्याउने जलवायु परिवर्तनले अतिवृष्टि र अनावृष्टिले ठूलै संकट निम्त्याउँदै छ । ग्लोबल वार्मिङ भनेर चिनिने तापमानको वृद्धिको कारण नेपालका २१ वटा हिमताल फुट्ने अवस्थामा पुगेका छन् । हिमाल पग्लेर पत्थर मात्रै बाँकी रहने अवस्था आउँदैछ ।

नेपालको जलविद्युत् उत्पादन गरेर धनी हुने सपना त परको कुरा, न्युनतम आवश्यकता पूरा गर्न समेत विद्युत् नपुग्ने अवस्था आउनसक्छ । समुद्रको सतह बढेर छेउछाउका देशहरू डुब्ने खतरा बढ्दै छ । माल्दिभ्सका वातावरण मन्त्री अमिनाथ साउनाले यही दरले वैश्विक तापमानमा वृद्धि हुने हो भने यो शताब्दीको अन्त्यसम्म आफ्नो देश विश्व मानचित्रबाट हराउने बताइसकेका छन् ।  

Vianet communication
IME BANK INNEWS
LAxmi BAnk

वैश्विक तापमानमा वृद्धि ल्याउन सबैभन्दा ठूलो भूमिका खेल्ने भनेकै वर्तमान विश्वमा अभ्यासमा रहेको अर्थव्यवस्था हो । अधिकांश देशहरूमा कि त पुँजीवादी अर्थतन्त्र अभ्यासमा रहेको छ कि त समाजवादी अर्थतन्त्र । समाजवादी (कम्युनिस्ट) अर्थ व्यवस्थाको वकालत गर्नेहरू पुँजीवादी अर्थ व्यवस्थाले पर्यावरण सखाप पारेको आरोप लगाएको यदाकदा सुन्न पाइन्छ तर यो गलत हो । पर्यावरणको विनाश गर्न यी दुवै मताग्रहहरू बराबर छन् । कम्युनिस्ट र पुँजीवादी एउटै सभ्यताका उत्तराधिकारी भएको हुँदा यी दुवै विचारधाराको विश्वदृष्टिकोण एउटै छ । प्राकृतिक स्रोतसाधनको चरम दोहन गर्न यी दुवै अर्थव्यवस्थाका हिमायतीहरू अब्बल छन् । 

चीन कम्युनिस्ट पार्टीद्वारा शासित देश हो । अमेरिका पुँजीवादी विश्वको नेतृत्व गरेको देश हो । सन् २०१८ को तथ्यांक हेर्दा वैश्विक कार्बन उत्सर्जनमा चीन एक्लैले २८ प्रतिशत र अमेरिकाले १५ प्रतिशत हिस्सा ओगटेका छन् । कार्बन उत्सर्जन नै विश्व तापमान वृद्धिको प्रमुख कारक हो । यी दुवै मताग्रहको चिन्तनमा कर्म सिद्धान्त छैन । 

मानिस प्रकृतिकै एउटा अंग हो, मानिसले गर्ने कर्मको प्रतिफल भोग्नुपर्छ भन्ने कर्म सिद्धान्तले बाँधिएका छैनन् । ‘उत्पादन र वितरण’ नै मूख्य चिन्तनको विषय रहेको छ । पुँजीवादी अर्थव्यवस्थामा प्राकृतिक स्रोतसाधनको उपयोगमा व्यक्तिलाई अधिकार दिइएको र वाक् स्वतन्त्रताको प्रत्याभूति हुने हुँदा कुनै व्यक्तिले प्राकृतिक स्रोतसाधनको निर्लज्ज दोहन गर्‍यो भने पनि त्यसको विरुद्धमा आवाज उठाएर केही हदसम्म रोक्न सक्ने अवस्था रहन्छ तर कम्युनिस्ट भनिएका देशमा त एउटै पार्टीको तानाशाह चल्छ ।

कम्युनिस्ट देशमा उत्पादन र वितरणमा राज्य नै जिम्मेवार हुने हुँदा आफ्नो सत्ता टिकाउन जसरी पनि ‘उत्पादन’लाई प्राथमिकता दिने गर्छन् । चाहे त्यो प्राकृतिक स्रोतसाधनको दोहन होस् चाहे एउटै मात्र सन्तान जन्माउन पाउने होस् । निर्णय कडाइका साथ लागू गरिन्छ । कागजमा पार्टीलाई टिकाउन सकिने तथ्यांक ल्याउनु मुख्य ध्येय रहन्छ ।

प्राकृतिक स्रोतसाधनको चरम दोहन गरेर ‘पहिलो विश्व’ बनेका माथि पुगेका राष्ट्रहरूले अवलम्बन गरिराखेका पुँजीवादी वा समाजवादी अर्थव्यवस्थाले आजको विश्वले भोगिरहेको जलवायु परिवर्तनको समस्याको समाधान दिन सक्दैन । 

(कम्युनिस्ट) समाजवादी अर्थव्यवस्था चलेन र चल्दैन भन्ने कुरा जगजाहेर छ । पुँजीवादी अर्थव्यवस्था समेत अब यसैगरी अघि बढ्न सक्दैन भन्दै चेतनशील पुँजीवाद, समावेशी पुँजीवाद, डोनट अर्थतन्त्र, पाँच पुँजीहरू जस्ता नयाँ अवधारणाहरू आएका छन् ।

सन् १९८७ मा संयुक्त राष्ट्रसंघ बर्टल्याण्ड आयोगले प्रकाशित गरेको ‘हाम्रो साझा भविष्य’ले दीगो विकासको अवधारणाको आकार ग्रहण गरेको छ । हरेक परियोजना लागू गर्दा पर्यावरणलाई कस्तो असर गर्छ भनेर अनुसन्धान गर्नैपर्ने कानूनहरू बनेका छन् तर अझै प्रकृतिसँग तादात्म्य राख्ने, पर्यावरण मैत्री एवं पारिस्थितिक प्रणाली सापेक्ष विकासको मान्यता पूर्णरूपमा स्थापित भइसकेको छैन । साउदी अरब, अस्ट्रेलिया र जापान जस्ता समृद्ध भनिएका देशहरूले अझै पनि कार्बन उत्सर्जन कटौती गर्न आवश्यक रहेको वैज्ञानिक अनुसन्धान रिपोर्टलाई परिवर्तन गर्न दबाब दिएको केही दिनअघि आएका समाचारहरूमा उल्लेख छ । 

छिमेकी राष्ट्र भारत लगायत, चेक रिपब्लिक, पोल्याण्ड र स्लोभाकिया जस्ता देशहरू आणविक ऊर्जाले विश्व तापमान वृद्धि नियन्त्रण गर्न संयुक्त राष्ट्रसंघले लिएको उद्देश्य पूरा हुने कुरामा दबाब दिँदैछन् । कोइला, तेल जस्ता कार्बन उत्सर्जनका कारकहरूको प्रयोगमा कटौती नगर्ने, बरु कार्बनडाइअक्साइडलाई (सीसीएस) प्रविधि अपनाएर जमिनमुनि गाड्ने पक्षमा आवाज उठाउँदै छन् । कार्पेटमुनि धुलो लुकाएर घर सफा हुन्न । आणविक र जैविक ऊर्जाबाट उत्पन्न हुने प्रदूषणलाई जमिनमा गाडेरै भए पनि अहिलेको अर्थव्यवस्था कायम राख्न खोज्नु भनेको कुनै पनि बेला चेर्नोबिल वा फुकुसिमा वा भोपाल ग्यास दुर्घटना जस्तै अवस्था ल्याउनु हो । 

सुन्दा घुमाइफिराइ आफ्नै सभ्यतालाई मात्र उत्कृष्ट देखाउन खोजेको जस्तो सुनिन्छ, यथार्थ यही हो । हाम्रो सभ्यतामा प्रकृतिसँग तादात्म्य राख्ने पर्यावरण सुहाउँदो किसिमको अर्थव्यवस्थाको मान्यता पाइन्छ तर समाजलाई बाटो देखाउनेहरू आयातित विचारको पिछलग्गु बनिदिएको कारण पर्यावरण मैत्री अर्थव्यवस्थाका अभ्यास लुप्त अवस्था पुगिसकेका छन्  भने पश्चिमी जगतका आर्थिक रूपमा सम्पन्न देशहरूमा छिटपुट अभ्यासमा देखिन्छन् ।

नेपाल अब पुनर्जागरणको युगमा प्रवेश गरिसके हुँदा यस्ता विचारहरूको पुनारोदय हुँदैछ । त्यसको ज्वलन्त उदाहरण हो सहृदयता अर्थतन्त्र । युगद्रष्टा गुरु निर्मलमणि अधिकारीद्वारा अभिनिर्मित सहृदयता अर्थतन्त्र प्रकृतिसँग तादात्म्य राख्ने र पर्यावरण मैत्री अर्थतन्त्रले वर्तमान अबको विश्वलाई आवश्यक अर्थतन्त्रको ढाँचा हो ।

अथर्ववेदमा मानिस र पृथ्वी बीचको सम्बन्धलाई आमाछोराको सम्बन्धसँग तुलना गरिएको छ । ‘माता भूमिः पुत्रो अहं पृथिव्या ।’ अर्थात् पृथ्वी मेरी आमा हुन्, म यिनको छोरा हुँ । पृथ्वीलाई ईश्वरले भोग चलन गर्न दिएको हो भन्ने मान्यताको कारण पृथ्वीमा भएका प्राकृतिक स्रोतसाधनको निर्लज्ज दोहन गरिएको थियो । पृथ्वी हाम्री आमा हुन्, आमाको दूध खाएरै हामी हुर्किन्छौं तर आमाको मासु खानु हुँदैन भन्ने आशयको यो श्लोकले मानिसलाई पृथ्वीको समूचित प्रयोग गर्न दिएको छ तर चरम दोहन गर्न होइन ।

नर्वेका प्रधानमन्त्री ग्रो हार्लेम ब्रड्टल्याण्डको नेतृत्वमा प्रकाशित भएको ‘हाम्रो साझा भविष्य’ले मानिसले गर्ने गतिविधि र पृथ्वीसँगको अन्तरसम्बन्धको चर्चा गर्दै मानिसले आधारभूत आवश्यकता पनि पूर्ति गर्ने र धर्तिलाई भविष्यमा पनि बस्न योग्य बनाइराख्न आवश्यक दीगो विकासको अवधारणालाई व्यापक बनाएको थियो । अथर्ववेदबाट उदृत गरिएको श्लोक र ब्रड्टल्याण्ड आयोगको प्रतिवेदनको सार कुरा एकै हुन्, प्रस्तुतिको शैली मात्रै फरक हो ।

प्रकृति र पर्यावरणको रक्षार्थ जे जति नै आयोग बनाए पनि, प्रतिवेदन लेखे पनि र कार्यक्रम ल्याए पनि अन्ततः उपभोगकर्ताको आचरणमा सुधार नल्याई सुखै छैन । मानिसको जीवनको उद्देश्य के हो ? जतिसक्दो भोग गर्नु नै मानिसको उद्देश्य हो भन्ने मान्यता व्याप्त रहने हो भने चरम उपभोक्तामुखी र निर्लज्ज नाफाखोरी प्रवृत्तिलाई रोक्न सकिँदैन । सारा संसार आफ्नो एकलौटी बनाइसक्दा पनि मंगलग्रहमा घरघडेरी जोड्ने चाहनाबाट रोक्न सकिन्न । जुनसुकै मूल्य चुकाएर भए पनि भोग गर्ने चाहना यथावत नै रहन्छ । पर्यावरण जति नै दूषित होस्, प्रकृतिको जति नै दोहन होस् – भोग गरेरै छोड्छन् किनभने मानिसको उद्देश्य नै भोग गर्न हो भने आफ्नो उद्देश्य पूरा गर्नबाट कोही किन रोकियोस् ?

भोग गर्नु मात्रै जीवनको उद्देश्य हो त ? भोग गर्नुपर्छ तर कसरी गर्ने त ? ईशावास्योपनिषद्मा यसरी उल्लेख गरिएको छ । 

ईशा वास्यमिदं सर्वं यत्किंच जगत्यां जगत् ।
तेन त्यक्तेन भुंजीथा मा गृधः कस्यस्विद्धनम् ।।

अर्थात् संसारका जड चेतन सबै क्षेत्रमा ऐश्वर्य छ । त्यसैले त्याग गर्दै भोग गर, कसैको नखोस । आखिर यो धनको कसको हो र ? 

भोग र त्यागको लय मिलाउँदै पुरुषार्थ गर्नुपर्छ भन्ने यस श्लोकको आशय रहेको छ । सन् १९६० को दशकमा संयुक्त राज्य अमेरिकामा शुरू भएको मिनिमालिस्ट अभियानको आशय पनि यही हो । कला–सिर्जनाको नयाँ धारको रूपमा शुरू भएको यो अभियानले फेसनकै रूपमा भए पनि थोरै वस्तुहरूको प्रयोग गरेर जीवन सुख र शान्तपूर्वक व्यतित गर्न सकिन्छ भन्ने मान्यता स्थापित गर्न खोजेको छ । जलवायु परिवर्तनलाई रोक्न सकेसम्म थोरै वस्तुको खपत गर्नु पनि एक हो । सुखपूर्वक जीवनयापन गर्न धेरैभन्दा धेरै खपत गरेर होइन, भोग र त्यागको लय मिलाउन सके जीवन सुखमय बन्नसक्छ भन्ने मान्यता पूर्वीय दर्शनको ईशावास्योपनिषद्ले निर्दिष्ट गरिसकेको थियो । मिनिमालिस्ट अभियानकर्ताले समेत यही मान्यता पछ्याएका छन् ।   

धर्मको विवेक प्रयोग गरेर पुरुषार्थ गर्दै धनी बन्न सफल व्यक्तिलाई श्रेष्ठीको मान्यता दिने गरिन्थ्यो हाम्रै सभ्यतामा । फोर्ब्स पत्रिकाले वार्षिक रूपमा विश्वका अत्यधिक धनी व्यक्तिहरूको लिस्ट सार्वजनिक गर्ने गरेको छ । सम्पन्नलाई सम्मान दिने तरिका मात्रै फरक हो तर आफू सम्पन्न भएर मात्रै हुँदैन । आफू बाँचिरहेको परिवार, समुदाय, देश र विश्वको कल्याणको लागि आफूले आर्जन गरेको सम्पति के कसरी प्रयोग गर्ने भन्नेबारे पनि पूर्वीय दर्शन बोलेको छ । ​

शतहस्त समाहर सहस्रहस्त सं किर । 
कृतस्य कार्यस्य चेह स्फातिं समावह ।।

अथर्ववेदबाट उदृत गरिएको यस श्लोकको अर्थ हो – सैयौं हातले सम्पन्न भएर धन सम्पत्ति कमाऊ । हजारौं हातले सम्पन्न भएर धनलाई वितरण गर । यसैगरी आफूले गरेका कार्यहरूमा वृद्धि गर्दै जाऊ । 

यहाँ सम्पत्ति कमाउन पनि प्रोत्साहन गरिएको छ र कमाएको सम्पत्ति वितरण गर्न पनि प्रोत्साहन गरिएको छ । अत्यन्त सम्पन्न व्यक्तिले आफूले कमाएको सम्पत्ति आफ्नो जीवनकालमा खर्च गरेर सकिँदै सकिँदैन । आफूले कमाएको सम्पत्तिलाई सामुदायिक हितमा स्वतस्फूर्त प्रयोग गर्न अथर्ववेदको यो श्लोकको निर्देशन छ ।

पूर्वीय दर्शनको उत्तराधिकारी नेपालमा कमाएर एकदमै धनी बन्ने र कमाएको सम्पत्ति वितरण गर्न उत्साहित व्यक्तिको संख्या औंलामा गन्न पनि नपुग्ने आजको यथार्थ हो तर पुँजीवादीको नेतृत्व गरेको संयुक्त राज्य अमेरिकामा भने स्वतस्फूर्त यो मान्यताको अभ्यास पटक–पटक गरिएको देख्न पाइन्छ ।

विश्वका छैठौं धनी व्यक्ति वारेन बफेटले आफ्नो सम्पत्तिको ९९ प्रतिशत समुदायको हितमा लगाउने घोषणा गरेका छन् । उनले ४० अर्ब डलर समुदायको हितको निम्ति खर्च गरिसकेका छन् । आफूले कमाएको सम्पति सबै उपभोग गर्दैमा सुखको अनुभूति हुँदैन, बरु आफूले कमाएको सम्पत्तिले समुदायको हित गर्न सकियो भने बल्ल आफ्नो मेहनतले सार्थताका पाउँछ भन्दै अरू सम्पन्न व्यक्तिहरूलाई पनि सम्पत्ति वितरण गर्न प्रेरणा दिने गरेका छन् ।

अमेरिकाकै अर्बपति चार्ल््स चक फिनेले ‘गिभिङ व्हाइल लिभिङ’ अभियान शुरू गरे । आफूले कमाएको ८ अर्ब समुदायको हितको लागि गोप्य दान गरे । अवकाशपछिको जीवनयापन गर्न आफू र आफ्नो पत्नीको नाममा रहने २० लाख डलरबाहेक बाँकी सबै दिएरै सके । उनको चाहना थियो – जुन अवस्थामा यो धर्तीमा आइयो, त्यही अवस्थामा जाने । धनसम्पत्ति कमाउन पनि उत्साहका साथ लाग्ने र कमाएको सम्पत्ति समुदायको बृहत्तर हितको लागि उत्तिनै उत्साहका साथ वितरण गर्नुपर्ने मान्यता अथर्ववेदमा पनि पाइन्छ, व्यवहारमा वारेन बफेट, चार्ल्स चक फिने र बिल गेट्स जस्ता व्यक्तिहरूमा पनि पाइन्छ ।  

भौतिकवस्तु मात्रै यथार्थ बाँकी सबै मिथ्या भन्दै आँखामा कोरा पदार्थवादी पट्टी लगाइयो भने पृथ्वीलाई केवल उत्पादन थलो र मानिसलाई खपतकर्ताको रूपमा बुझिन्छ । विश्वका सबै मानिस दाजुभाइ दिदीबहिनी भन्ने ‘उदारचरितां तु वसुधैव कुटुम्बकम्’ होइन ‘विश्वभरका मजदुर एक होऔं’ भन्नतिर लागिन्छ । चिन्तन फेरि त्यहि उत्पादन र वितरणमै सीमित हुन्छ । द्वन्द्व अवश्यम्भावी हुन्छ ।

भौतिक रूपमा सम्पन्न भएर मात्रै मानिसको जीवन सुखमय हुँदैन भनेर पूर्वीय दर्शनले पुरुषार्थ चतुष्टय अर्थात् धर्म, अर्थ, काम र मोक्षको चर्चा गरिसकेकै थियो । अमेरिकाका अब्राहम मार्स्लोको आवश्यकताको पिरामिडको माथिल्लो भागमा रहेको आत्मबोध (सेल्फ एक्चुअलाइजेसन) वा हंगेरीका मिहाइल चिक्त्सेन मिहाइलको ‘फ्लो अवधारणा’ले पनि यसैको अनुशरण गरेका छन् । व्याख्या गर्ने शैली फरक होला तर भौतिक सम्पत्ति मात्रै सुखको स्रोत होइन भन्ने कुरामा मतैक्यता छ । 

व्यक्तिलाई पुरुषार्थ गर्न स्वतन्त्रता पनि दिनुछ । न्यूनतम मानवीय आवश्यकता विना मर्नुपर्ने अवस्था पनि हटाउनुछ । उसले कमाएको सम्पत्ति आफैंले मात्रै कुम्ल्याएर नराखी समाजको बृहत्तर हितको लागि प्रयोगमा ल्याउन प्रोत्साहन पनि गर्नुछ । प्रकृतिको दोहन गर्ने र पर्यावरण बिगार्ने प्रवृत्ति पनि रोक्नुछ । 

भौतिक, मानसिक र आध्यात्मिक गरी तीनै आयाममा सम्पन्नता ल्याएर पूर्णत सुखमय जीवन व्यतित पनि गराउनुछ । यी सबै कार्य पुरा गर्न सक्ने क्षमता न समाजवादी अर्थतन्त्रको ब्राण्डमा खुलेका अनेकौं अर्थव्यवस्थाका ढाँचामा छ न पुँजीवादी अर्थतन्त्रको ब्राण्डमा खुलेका पाँचौं पुँजी, समावेशी पुँजीवाद वा सचेत पुँजीवादमा छ । पूर्वीय दर्शनको देन सहृदयता दर्शनमा आधारित सहृदयता अर्थतन्त्रले मात्रै यी विषयहरूको सम्बोधन गर्नसक्छ । सहृदयता अर्थतन्त्रलाई सुत्रात्मक रूपमा यसरी प्रस्तुत गरिएको छ -

१) सबैका लागि आधारभूत समृद्धिको सुनिश्चितता 

२) प्रकृतिसँग तादात्म्य राख्ने, पर्यावरण मैत्री एवं पारिस्थितिक प्रणाली सापेक्ष विकास 

३) अनुसन्धान, उद्यमशीलता र विकास कार्य पद्धति 

४) श्रमको सम्मान, व्यावसायिक नैतिकताको प्रवद्र्धन र श्रेष्ठीलाई प्रोत्साहन 

५) शिल्प, उद्यम, उत्पादन, व्यापार आदि क्षेत्रमा शान्ति सुरक्षाको पूर्ण प्रत्याभूति 

६) राज्य, आन्तरिक बजार, वैश्विक बजार र परिवारको सहकार्यमा बहुआयामिक ‘अर्थमण्डल’

आजको संसारमा सार्वजनिक मञ्चमा उभिएर कसैले पनि मै मात्र खाउँ, मै मात्रै लाउँ भन्न सक्दैन । मैले पनि खान पाउनुपर्छ र अरु पनि खान पाउनुपर्छ भन्नैपर्छ । आदर्शकै रूपमा भए पनि हाम्रो सभ्यताले ‘सर्वे भवन्तु सुखिनः’ वा ’भवतु सर्व मंगलम्’ भनेको छ । अर्थतन्त्रको दृष्टिकोणबाट हेर्दा हाम्रै सभ्यता, संस्कृतिमा नराम्रा कुराहरू पनि हुनसक्छन् । त्यस नराम्रा कुराहरूको स्थितिगत्यात्मक तवरबाट रूपान्तरण गर्दै अघि बढ्नुपर्छ । सारा संसारका मानिसहरूलाई सुखमय जीवन व्यतित गराउनको सकिन्छ भन्ने आदर्श अवस्था प्राप्त गर्न उच्चतम अर्थव्यवस्था नै ‘सहृदयता अर्थतन्त्र’ हो । त्यसैले अबको पालो सहृदयता अर्थतन्त्रको । 

JYOTI
Kumari
TATA Below
NLIC
Mega Bottom
पुस १०, २०७८

२०५७ सालको दोस्रो राष्ट्रिय सम्मेलनबाट पारित प्रचण्डपथ माओवादी आन्दोलन र जनयुद्धमा गहिरोसँग स्थापित भयो । शान्ति प्रक्रियाका केही वर्षपछि प्रचण्डपथको चर्चा सेलायो, खासगरी प्रचण्डकै चाहनामा प्रचण्डपथ उच्चारण र त्यसको बहस...

माघ ५, २०७८

विश्वविख्यात अर्थशास्त्री एवं कूटनीतिज्ञ चाणक्यले लक्ष्य प्राप्तिका केही प्रमुख सूत्र बताएका छन्। अरू सबैलाई तपसिलमा राख्न सकिन्छ, तर एउटा सूत्रलाई कहिल्यै पनि विस्मृत हुन दिनु हुँदैन । उनी भन्छन्, 'मानिसको सबैभ...

पुस १४, २०७८

नेकपा माओवादी केन्द्रको आठौं राष्ट्रिय महाधिवेशनमा अध्यक्ष प्रचण्डको विकल्पबारे कसैले कल्पनासम्म गरेका छैनन् । उद्घाटन सत्रमा अतिथिका रूपमा उपस्थित समकक्षी तथा दोस्रो पुस्ताका विपक्षी पार्टी नेताहरूले नै प्रचण्डलाई प्रशं...

पुस १७, २०७८

यस वर्षको पुस २७ गतेदेखि पृथ्वीजयन्तीले त्रिशताब्दी अर्थात् ३०० वर्ष पूरा गर्दैछ । श्री५ बडामहाराजधिराज पृथ्वीनारायण शाहको नेतृत्त्वमा स–साना भुरे–टाकुरे राज्यमा विभाजित नेपाललाई एकीकरण गरेर स्वतन्त्र ए...

पुस २३, २०७८

दक्षिण अफ्रिकाका विश्वविख्यात राजनेता नेल्सन मण्डेलालाई एकपटक पत्रकारले सोधेछन्- 'नेताजी,तपाईं आफूसँग असहमतहरूका बारे के धारणा राख्नुहुन्छ ?' उनले सहजै जवाफ दिएछन्, 'मेरो दिमागमा हरदम मसँग अस...

माघ ३, २०७८

उत्तर कोरियाली ‘सर्वोच्च नेता’ किम जोङ उनको तौल घटेपछि त्यहाँका जनताहरू चिन्ता प्रकट गर्दै सामूहिक रूपमा रोएका थिए ।  हुन त उत्तर कोरियामा हाँस्ने र ताली बजाउने काम पनि सामूहिक रूपमै हुन...

यसरी नै चलाउने हो कांग्रेसका भ्रातृ संस्था ?

यसरी नै चलाउने हो कांग्रेसका भ्रातृ संस्था ?

माघ ५, २०७८

विश्वविख्यात अर्थशास्त्री एवं कूटनीतिज्ञ चाणक्यले लक्ष्य प्राप्तिका केही प्रमुख सूत्र बताएका छन्। अरू सबैलाई तपसिलमा राख्न सकिन्छ, तर एउटा सूत्रलाई कहिल्यै पनि विस्मृत हुन दिनु हुँदैन । उनी भन्छन्, 'मानिसको सबैभ...

अविकास, गरीबी र कुशासनको दुष्चक्र

अविकास, गरीबी र कुशासनको दुष्चक्र

माघ ३, २०७८

‘एसियन ड्रामा’ का लेखक गुनाल मिर्डालले न्यून आम्दानी, न्यून उत्पादकत्व, कमजोर स्वास्थ्य अवस्था र सुविधाहीन आवासले मानिसलाई गरीबीको दुष्चक्रमा पुर्‍याउने यथार्थ व्याख्या गरेका थिए । यसलाई उल्टो रूप...

कार्बनडाइअक्साइडदेखि किम जोङ उनसम्म

कार्बनडाइअक्साइडदेखि किम जोङ उनसम्म

माघ ३, २०७८

उत्तर कोरियाली ‘सर्वोच्च नेता’ किम जोङ उनको तौल घटेपछि त्यहाँका जनताहरू चिन्ता प्रकट गर्दै सामूहिक रूपमा रोएका थिए ।  हुन त उत्तर कोरियामा हाँस्ने र ताली बजाउने काम पनि सामूहिक रूपमै हुन...