१५ असार २०८३, सोमबार

ओलीले भने- प्रचण्डले गफ लगाए, मलाई करोडौंको भाँडाकुँडा किन चाहियो ?

कात्तिक १३, २०७८
ओलीले भने- प्रचण्डले गफ लगाए, मलाई करोडौंको भाँडाकुँडा किन चाहियो ?
फाइल तस्वीर।

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री हुँदा करोडौँको भाँडाकुँडा किनेको आरोपको खण्डन गरेका छन् । 

सिन्धुचाल्चोक–काठमाडौं सम्पर्क मञ्चले शनिवार चावहिलमा आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले लगाएको आरोपको खण्डन गरेका हुन् । 

प्रचण्डले शुक्रवार चितवनमा बोल्दै ओली प्रधानमन्त्री हुँदा थाइल्यान्ड, इटाली र रोमबाट महँगा भान्छाको सामान ल्याएको प्रचण्डको आरोप छ । 

भान्छाका सामान मात्रै करोडौँको खरिद गरेको जानकारी पाएको बताएका थिए । प्रचण्डले भनेका थिए, ‘म प्रधानमन्त्री बनेका बेला डेढ लाखको खाटमा सुत्यो भनेर प्रचार गरियो, त्यो खाट मैले किनेको थिइनँ, त्यो खाट भाँच्न पनि भएन । ओलीले राजा ठानेर राजकीय जीवन बिताउन दरबार बनाउन लागेका रहेछन् ।’

ओलीले प्रचण्डको उक्त आरोपको सार्वजनिक खण्डन गरेका छन् । ओलीले भने, ‘मेरो भान्छामा त भाँडाकुँडा पनि आफ्नै हुन्थे के को सरकारी पैसामा किन्नु ? प्रधानमन्त्री निवासमा सेना पनि बस्छ, उसलाई खाना खानुपर्‍यो होला । भाँडाकुँडा चाहियो होला । मेरो श्रीमतीले पकाएको खाना खाएर बस्ने मलाई किन करोडौँको भाँडाकुँडा चाहियो ?’

‘थोरै भात र एउटा रोटी खाएर बस्ने मलाई करोडौँको भाँडाकुँडा किन चाहियो ?,’ ओलीले भने । 

salt training

कमेन्ट गर्नुहोस्