०४ असार २०८३, बिहीबार

‘मोसुलको पुरानो मस्जिद भत्काएर आईएसले हार मान्यो’

कात्तिक २०, २०७४
‘मोसुलको पुरानो मस्जिद भत्काएर आईएसले हार मान्यो’

काठमाडौं, ८ असार — आतंकवादी संगठन इस्लामिक स्टेट (आईएस) ले मोसुल शहरमा रहेको एक प्राचीन मस्जिद भत्काएर ‘हारको औपचारिक घोषणा’ गरेको इराकका प्रधानमन्त्री हैदर अल–अबादीले बताएका छन् ।


आईएसले अल–नुरी मस्जिद विस्फोट गरेर सरकारी फौजलाई रोक्न खोजेको इराकी फौजहरूले बताएका छन् ।

आईएसले एक अमेरिकी विमानले मस्जिद भत्काएको बताएको छ तर अमेरिकाले उक्त दाबीको खण्डन गरेको छ ।
आकाशबाट लिइएको तस्वीरले विशाल मस्जिद पूरै ध्वस्त भएको देखाएको छ ।

आठ सय वर्षभन्दा पुरानो मस्जिदबाट सन् २०१४ मा आईएस नेता अबु बक्र अल–बगदादीले खलिफाको घोषणा गरेका थिए ।

मस्जिद भत्काउने कार्यको विश्वव्यापी निन्दा भएको छ ।

इराकमा रहेका एक वरिष्ठ अमेरिकी कमान्डरले आईएसले ‘इराकै महान् खजानाहरूमध्ये एक’ को विनाश गरेको बताएका छन् ।

‘यो मोसुलवासी र सबै इराकीहरूविरुद्धको अपराध हो र यो क्रूर संगठनलाई किन पूरै ध्वस्त पार्नुपर्छ भन्ने तर्कका लागि उदाहरण हो,’ मेजर जनरल जोसेफ मार्टिनले बताए ।

आइतवार आईएसविरुद्धको आक्रमणको ‘अन्तिम अध्याय’ शुरु भएको कमान्डरहरूले घोषणा गरे । मोसुलमा इराकको प्रतिआतंकवादी सेवा, सेना र संघीय प्रहरीले चारैतिरबाट आक्रमण गरिरहेका छन् ।

मोसुलमा ३०० भन्दा बढी लडाकु बाँकी नरहेको सेनाको विश्वास छ । अक्टोबरमा आक्रमण शुरु हुँदा त्यहाँ ६ हजार लडाकु थिए ।

बीबीसीबाट

salt training

कमेन्ट गर्नुहोस्