२४ जेठ २०८३, आइतबार

चाँदीका गरगहनासहित एक पक्राउ

कात्तिक १३, २०७८
चाँदीका गरगहनासहित एक पक्राउ

भारतको रक्सौलबाट अवैधरुपमा वीरगञ्जतर्फ ल्याउँदै गरिएको चाँदीका गरगहनासहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ । 

चाँदी जस्तो देखिने धातुबाट बनेको तयारी गरगहना एक किलो ४५ ग्रामसहित भारतीय बीआर२२एसी ४०९९ नंको पल्सर मोटरसाइकलमा सवार वीरगञ्ज महानगरपालिका– १ का ३९ वर्षीय रामबाबु साह सोनारलाई प्रहरीले वीरगञ्ज महानगरपालिका–१७ अलौ सिर्सियाबाट पक्राउ गरेको हो । 

आवश्यक कानुनी कारवाहीका लागि राजस्व अनुसन्धान कार्यालय पथलैया पठाइएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक ओमप्रकाश खनालले जानकारी दिए । रासस

salt training

कमेन्ट गर्नुहोस्