२३ जेठ २०८३, शनिबार

कोरोना अपडेट : थपिए ५४९ संक्रमित, ६ जनाको मृत्यु

कात्तिक १३, २०७८
कोरोना अपडेट : थपिए ५४९ संक्रमित, ६ जनाको मृत्यु

पछिल्लो २४ घन्टामा ५४९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ९ हजार ७४६ नमूना परीक्षणमध्ये ४९० पीसीआर र ५९ जनामा एन्टिजेन पोजिटिभ देखिएको हो । 

यस्तै पछिल्लो २४ घण्टामा ६ जनाको मृत्यु भएसँगै कुल मृत्यु संख्या ११ हजार ३८८ पुगेको छ । 

मन्त्रालयका अनुसार थप ५६९ जना संक्रमणमुक्त भएका छन् । 

यससँगै हालसम्म कोरोना संक्रमणमुक्त हुनेहरूको संख्या ७ लाख ९० हजार ३५८ पुगेको छ । 

हाल मुलुकभर १० हजार १५१ सक्रिय संक्रमित छन् ।

salt training

कमेन्ट गर्नुहोस्