२५ जेठ २०८३, सोमबार

प्रकाश पराजुली र मीना बुढाथोकी बने दोहोरी च्याम्पियन

कात्तिक १३, २०७८
प्रकाश पराजुली र मीना बुढाथोकी बने दोहोरी च्याम्पियन

नेपाली मौलिकता बोकेको ‘दोहोरी च्याम्पियन’को विजेता प्रकाश पराजुली र मीना बुढाथोकीको समूह बन्न सफल भएको छ । यस्तै बालचन्द्र बराल र शोभा कार्कीको समूह द्वितीय भएको छ ।‘प्रतिस्पर्धा दोहोरीको, संरक्षण संस्कृतिको’ भन्ने नाराका साथ भएको रियालिटी शो दोहोरी च्याम्पियन’को फिनाले शनिबार पोखरामा भएको थियो ।

दर्शकको भोटको आधारमा दोहोरी च्याम्पियन छानिएको हो । ‘दोहोरी च्याम्पियन’ बन्नेले उपाधि सहित २० लाख रुपैयाँ र एक करोड बराबरको जीवन बीमा प्राप्त गरेका छन् भने दोस्रो हुने समूहले १० लाख रुपियासँगै ५० लाख बराबरको जीवन बीमा प्राप्त गरेका छन् ।

salt training

कमेन्ट गर्नुहोस्