३१ जेठ २०८३, आइतबार

‘अपराध न्यूनीकरणमा नागरिक समाजको पहल आवश्यक’

कात्तिक १३, २०७८
‘अपराध न्यूनीकरणमा नागरिक समाजको पहल आवश्यक’

भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले समाजमा नयाँ खालका अपराधको सङ्ख्या बढिरहेकाले प्रहरी र नागरिक समाज मिलेर अपराध न्यूनीकरणमा लाग्नुपर्ने बताएका छन्।

भक्तपुरमा आज आयोजना गरिएको कार्यक्रममा बोल्दै उनले समाजमा घट्ने चोरी, ठगी, लुटपाट, हिंसाका घटनाबाट नागरिक स्वयंले सचेत तथा सुरक्षाका सावधानी अपनाउनुपर्नेमा जोड दिनुहुँदै शान्ति सुरक्षा कायम गर्ने र आपराधिक घटना न्यूनीकरणमा प्रहरी र नागरिक दुवैको भूमिका आवश्यक भएको बताए ।

न्यायालयको क्षेत्रमा देखिएको विकृति विसङ्गतिबारे चर्चा गर्र्दै उनले नगरप्रमुख प्रजापतिले जनताको हित र पक्षमा वकालत गर्नुपर्नेहरूका हर्कतबाट आम जनतालाई आश्चर्यचकित बनाएको बताए ।
कार्यक्रममा महानगरीय प्रहरी परिसर भक्तपुरका प्रहरी उपरीक्षक शिवकुमार श्रेष्ठले भक्तपुरमा अपराधको अवस्थाको स्थितिबारे चित्रण गर्दै प्रहरी प्रशासनले सामाजिक सद्भाव र समाजलाई सभ्य र सुरक्षित बनाउन विविध कार्यक्रम सञ्चालनमा जोड दिँदै आएको बताए ।

salt training

कमेन्ट गर्नुहोस्