३१ जेठ २०८३, आइतबार

दुई चिनियाँ नागरिक पक्राउ

कात्तिक १४, २०७८
दुई चिनियाँ नागरिक पक्राउ

सङ्खुवासभाको खाँदबारी नगरपालिका–९ तुम्लिङटारबाट दुई चिनियाँ नागरिक पक्राउ परेका छन् । प्रहरीले खाँदबारी–९ तुम्लिङटारस्थित बुद्ध होटलबाट अवैध औषधिसहित दुई चिनियाँ नागरिकलाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा सिचुवान प्रान्त घर भई हाल खाँदबारी–९ तुम्लिङटार बस्ने सान्दोङ र यू छिनग्लिन रहेको जिल्ला प्रहरी कार्यालय सङ्खुवासभाका प्रहरी निरीक्षक शुभेष अधिकारीले जानकारी दिए । विशेष सुराकीका आधारमा प्रहरीले निजहरूलाई पक्राउ गरेको प्रहरी निरीक्षक अधिकारीले बताए ।

आज दिउँसो जिल्ला प्रहरी कार्यालय र विमानस्थल सुरक्षा गार्ड तुम्लिङटार प्रहरी चौकीबाट खटिएको संयुक्त प्रहरी टोलीले बुद्ध होटलमा लुकाइराखेका अवस्थामा राजश्व छली गरेर ल्याएको पिबिओजी औषधिसहित चिनियाँ नागरिकलाई पक्राउ गरेको प्रहरी निरीक्षक अधिकारीले बताए। प्रहरीले बुद्ध होटलको कोठा नम्बर ५०२ बाट ८०० किलोग्राम पिबिओजी औषधिसमेत बरामद गरेको उनले बताए ।

salt training

कमेन्ट गर्नुहोस्