
सूचना तथा सञ्चार प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले वर्तमान सरकार जनताका साथमा रहेको बताएका छन् । आज सुनसरीको हरिनगर गाउँपालिका–४ मा आयोजना गरिएको कार्यकर्ता भेटघाट कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री कार्कीले प्रधानमन्त्री शेरबहादुर देउवाको नेतृत्वमा निर्माण भएको गठबन्धनको सरकार जनताको साथमा रहेको बताए । अहिलेको सरकार जनताको सुखदुःखको साथमा रहेको बताउँदै उनले आउने चैतमा स्थानीय तहको निर्वाचन र माघमा राष्ट्रियसभाको निर्वाचन हुने भएकाले सबै मिलेर नेपाली कांग्रेस बलियो बनाउनका लागि लाग्नुपर्नेमा जोड दिए ।