भारतका प्रधानमन्त्री नरेन्द्र मोदी जलवायु परिवर्तनसम्बन्धी सम्मेलन कोप२६ मा सहभागी हुन स्कटल्यान्डको ग्लास्गो पुग्दा भारतीय समुदायका मानिसले भव्य स्वागत गरेका छन् ।
सोमवार र मंगलवार उनी ग्लास्गोमा रहनेछन् । सोमवार साँझ उनले बेलायतका प्रधानमन्त्री बोरिस जोनसनसँग द्विपक्षीय बैठक गर्नेछन् ।
मोदी ग्लास्गोमा ओर्लनेबित्तिकै त्यहाँ भएका भारतीय समुदायका मानिसले मोदी हुन् भारतका गहना भन्ने गीत गाउँदै भव्य स्वागत गरेका थिए ।
संयुक्त राष्ट्रसंघको फ्रेमवर्क कन्भेन्सन अफ क्लाइमेट चेन्जले गरेको २६औं सम्मेलन आइतवारबाट ग्लास्गोमा शुरू भएको हो । यो सम्मेलन नोभेम्बर १२ सम्म चल्नेछ । यसमा लगभग २०० देश तथा भूभागका प्रतिनिधिहरू सहभागी हुनेछन् ।
कार्बन उत्सर्जनमा कटौतीको तरिकाका विषयमा सम्मेलनमा चर्चा गरिनेछ ।
#WATCH | Glasgow, UK | Indian community sings 'Modi Hai Bharat Ka Gehna' during interaction with Prime Minister Narendra Modi after his arrival at the hotel. pic.twitter.com/Hq2y7bSWEd
— ANI (@ANI) October 31, 2021