२३ असार २०८३, मंगलबार

ब्राजिलका राष्ट्रपतिलाई प्रश्न सोधेपछि पत्रकारले खाए गोदाइ (भिडियो)

कात्तिक १५, २०७८
ब्राजिलका राष्ट्रपतिलाई प्रश्न सोधेपछि पत्रकारले खाए गोदाइ (भिडियो)

इटलीको रोममा आयोजित जी२० शिखर सम्मेलनमा सहभागी ब्राजिलका राष्ट्रपति जाइर बोल्जोनारोलाई प्रश्न सोध्ने पत्रकारलाई बोल्जोनारोका सुरक्षाकर्मीले कुटपिट गरेका छन् । 

ब्राजिलबाट बोल्जोनारोको समाचार बनाउन गएका पत्रकारहरूले कुटपिट बेहोरेका हुन् । 

बोल्जोनारोले पत्रकारहरूसँग लामै समयदेखि दुश्मनी राख्ने गरेका छन् । आफूविरुद्ध पत्रकारहरूले झूटो खबर दिने गरेको उनको गुनासो छ । 

बोल्जोनारो रोमका सडकमा ब्राजिलको राष्ट्रिय टोलीको जर्सी लगाएका मानिसलाई भेट्न पैदलै हिँडिरहेका बेलामा पत्रकारले प्रश्न सोधेका थिए । 

बाटोमा उनलाई ब्राजिलमा कोरोनाभाइरस संकट व्यवस्थापन नगरेको भनी चर्को आलोचना गरिएको थियो । केहीले उनलाई नरसंहारकारी समेत भनेका थिए । 

रिपोर्टरहरूको घटनाको भिडियो खिचेका थिए । त्यसमा बोल्जोनारोका अंगरक्षकहरूले पत्रकारलाई हातपात गरेको अपन उनीहरूलाई धकेलेर सडकबाट हुत्याएको देखिन्छ । बोल्जोनारो भने समर्थकहरूसँग सेल्फी लिएर र कुरा गरेर बसिरहेको देखिन्छ । 

यस विषयमा पछि कुरा गर्दै बोल्जोनारोले भने, ‘यी पत्रकारहरूले मविरुद्ध लामो समयदेखि जथाभावी लेख्दै आएका छन् । कुनै व्यक्तिको छवि यसरी खराब बनाउन मिल्दैन । यो कस्तो पत्रकारिता हो ?’
 

salt training

कमेन्ट गर्नुहोस्