२८ जेठ २०८३, बिहीबार

मुख्यमन्त्री बनेको ६८ दिनमा राजीनामा गर्दै बाहिरिए भीम आचार्य

कात्तिक १५, २०७८
मुख्यमन्त्री बनेको ६८ दिनमा राजीनामा गर्दै बाहिरिए भीम आचार्य

१ नम्बर प्रदेशका मुख्यमन्त्री भीम आचार्यले राजीनामा दिने घोषणा गरेका छन् ।

प्रदेश सभालाई सम्बोधन गर्दै राजीनामा दिने बताएका हुन् ।

भदौ ९ गते मुख्यमन्त्री नियुक्त भएको आचार्यले ६८ दिन सरकारको नेतृत्व गरेर मार्गप्रशस्त गरेका छन् । 

तत्कालीन एमालेको आन्तरिक कलहमा माधवकुमार नेपाल–झलनाथ खनाल पक्षमा रहेको आचार्यले पार्टी विभाजनमा साथ नदिएर प्रदेशको मुख्यमन्त्री रोजेका थिए । 

‘संसदमा संविधानको धारा १६८ को उपधारा १ अनुसारको अवस्थामा हाम्रो दल नरहेको हुनाले आजै राजीनामा दिने घोषणा गर्दछु,’ आचार्यले भने । 

कर्मचारी र राजनीतिक दलको असहयोगको बाबजुद सरकारले सफलता हासिल गरेको आचार्यले बताए । 
 

salt training

कमेन्ट गर्नुहोस्