२१ जेठ २०८३, बिहीबार

माल्दिभ्सबाट आइपुग्यो कोरोना विरुद्धको २ लाख मात्रा खोप

कात्तिक १५, २०७८
माल्दिभ्सबाट आइपुग्यो कोरोना विरुद्धको २ लाख मात्रा खोप

माल्दिभ्सबाट कोरोना भाइरस विरुद्धको खोप एस्ट्राजेनिका नेपाल आइपुगेको छ ।

माल्दिभ्स सरकारले नेपाललाई अनुदानमा उपलब्ध गराएको २ लाख १ हजार ६०० मात्रा खोप आइतवार राति काठमाडौं आइपुगेको छ । 

स्वास्थ्य सेवा विभाग परिवार कल्याण महाशाखाका बाल स्वास्थ्य तथा खोप शाखा प्रमुख सागर दाहालका अनुसार ती खोपलाई अहिले टेकुस्थित विभागको खोप भण्डारण कक्षमा राखिएको छ । उनले खोप लगाउन बाँकीलाई खोप लगाइने बताए ।

नेपालमा अहिलेसम्म ८६ लाख ६८ हजार ५९२ जनालाई पहिलो मात्रा र ७१ लाख ८९ हजार ६८९ जनालाई पूर्ण मात्राको खोप लगाइसकेको छ । 
 

salt training

कमेन्ट गर्नुहोस्