०६ असार २०८३, शनिबार

जापानले बनायो उडाउन मिल्ने बाइक

कात्तिक १५, २०७८
जापानले बनायो उडाउन मिल्ने बाइक

जापानको मित्सुबिशी कम्पनीले उड्ने बाइकको मोडल संसारसामु प्रस्तुत गरेको छ । 

भोलिपर्सि यो बाइक सडकमा आएमा ट्राफिक जामको समस्याबाट मुक्ति पाइनेछ । 

मित्सुबिशी कम्पनीको सहयोगमा पर्सनलाइज्ड फ्लाइङ ट्रान्सपोर्ट र एएलआई टेक्नोलोजीजले यो बाइक बनाएका हुन् । झट्ट हेर्दा यो बाइक स्पेसक्राफ्ट जस्तो देखिन्छ । 

यसको मूल्य लगभग नौ करोड रुपैयाँ बताइएको छ । सन् २०२२ मा यस्ता २०० वटा बाइक बेच्ने लक्ष्य कम्पनीले लिएको छ । 

कुल ३०० किलोग्राम तौल भएको चार मिटर लामो बाइकमा चारवटा विद्युतीय ब्याट्री र सातवटा रोटर छन् । 

यो बाइक आधा घन्टादेखि ४० मिनेटसम्म हावामा उड्न सक्ने बताइएको छ । यसको अधिकतम गति १०० किलोमिटर प्रतिघन्टा छ । 
 

salt training

कमेन्ट गर्नुहोस्