०२ असार २०८३, मंगलबार

स्वास्थ्यमा भारतसँग निरन्तर सहकार्य गर्नुपर्छ : मन्त्री खतिवडा

कात्तिक १५, २०७८
स्वास्थ्यमा भारतसँग निरन्तर सहकार्य गर्नुपर्छ : मन्त्री खतिवडा

स्वास्थ्य तथा जनसंख्यामन्त्री विरोध खतिवडासँग नेपालका लागि भारतीय राजदूत विनयमोहन क्वात्राले सोमवार भेट गरेका छन् ।

मन्त्रालयमा भएको भेटमा मन्त्री खतिवडाले नेपाल र भारतबीचको द्विपक्षीय सम्बन्धको महत्त्वपूर्ण पाटोका रूपमा स्वास्थ्य क्षेत्रको सहकार्य थप अगाडि बढाउनुपर्ने बताए ।

उनले कोभिड–१९ को महामारीको विषम परिस्थितिमा पनि भारतबाट नेपालमा औषधि, अक्सिजनलगायत अन्य स्वास्थ्य सामग्रीको निरन्तर रूपमा आपूर्ति हुनु अत्यन्तै सराहनीय रहेको बताए । ‘सबै लक्षित जनसंख्यालाई यथाशक्य चाँडो कोभिड–१९ विरुद्धको खोप लगाई सक्ने लक्ष्यअनुरूप नेपालले कार्य गरिरहँदा भारत सरकारबाट प्राप्त सहयोग र सहकार्य अन्यन्तै महत््त्वपूर्ण छ,’ उनले भने । 

मन्त्री खतिवडाले नेपालमा मिर्गाैलाका बिरामीहरू बढ्दै गइरहेको भन्दै करीब २०० वटा डाइलाइसिस मशिन उपलब्ध गराई दिन समेत अनुरोध गरे । भारत सरकारले नेपाललाई उपलब्ध गराउने एम्बुलेन्स सहायता पनि सहकार्यको एउटा अभिन्न अंगका रूपमा रहेको भन्दै मन्त्री खतिवडाले प्रशंसा गरे ।

भारतले नेपाल र भारत २ देशले प्रदान गरेको कोभिड–१९ विरुद्धको खोपलाई आपसी मान्यता दिने गरी ल्याएको प्रस्तावको विषयमा परराष्ट्र मन्त्रालयको सुझावबमोजिम कानून, न्याय तथा संसदीय मामिला मन्त्रालय तथा गृह मन्त्रालयको राय सहमति आएपश्चात् मात्र प्रक्रिया अगाडि बढ्ने विचार समेत राखेका छन् ।
 

salt training

कमेन्ट गर्नुहोस्