२३ जेठ २०८३, शनिबार

बाटो पहिल्याउन नसकेर अलपत्र परेका तीन विदेशीसहित नौ पदयात्रीको उद्धार

कात्तिक १५, २०७८
बाटो पहिल्याउन नसकेर अलपत्र परेका तीन विदेशीसहित नौ पदयात्रीको उद्धार

म्याग्दीको हिडन भ्यालीबाट मुस्ताङ जाने पदमार्ग पहिल्याउन नसकेर अलपत्र परेका तीन स्पेनी नागरिकसहित नौ जनालाई मुस्ताङ प्रहरीले हेलिकप्टरमार्फत उद्धार गरी आज जोमसोम विमानस्थतल लगेको छ ।

    जिल्ला प्रहरी कार्यालय मुस्ताङका अनुसार हिमपातका कारण बाटो पहिल्याउन नसकी अलपत्र परेका तीन विदेशीसहित छ जना नेपालीको उद्धार गरिएको हो । मुस्ताङका प्रमुख प्रहरी नायब उपरीक्षक रामकुमार दानीले हिडन भ्यालीमा तीन स्पेनी र छ नेपाली गाइड अलपत्र परेपछि उद्धार गरी जोमसोम विमानस्थल ल्याइएको जानकारी दिए ।

    नौ जनालाई फिस्टेल एयरको हेलिकप्टरले तीनपटक ओसारेर मुस्ताङको जोमसोम लगेको थियो । उद्धार गरिएकामध्ये तीनै जना स्पेनी नागरिक र एक नेपाली भने आजै काठमाडौँ गएको जनाइएको छ । हिमाली क्षेत्रमा चिसो बढ्नुका साथै हिमपात सुरु भएको छ । म्याग्दी र मुस्ताङका उच्च लेकाली क्षेत्रमा हिमपात भएको छ ।

salt training

कमेन्ट गर्नुहोस्