
काठमाडौं, ८ असार — अफगानिस्तानको लश्करगाहस्थित एक बैंकमा बिहीवार एक कार बम विस्फोट हुँदा कम्तीमा २४ जनाको मृत्यु भएको छ भने ६० जना घाइते भएका छन् ।

हेल्मान्द प्रान्तको राजधानीमा रहेको न्यु काबुल बैंकको प्रवेशद्वारमा उक्त बम मध्याह्नको १२ बजे विस्फोटन भएको थियो ।
तलब झिक्नका लागि बैंक पुगेका कर्मचारीहरूको भीडभाड भएकाले हताहतीको संख्या बढेको बताइएको छ ।
हेल्मान्द प्रान्तमा आतंकवादी घटनाहरू भइरहन्छन् किनकि यहाँको धेरै भाग लडाकुहरूको कब्जामा छ ।
लश्करगाह काबुलभन्दा ५५० किलोमिटर टाढा छ ।
अहिलेसम्म कुनै पनि समूहले आक्रमणको जिम्मेवारी लिएको छैन ।
एजेन्सी