
रौतहटमा भएको दुर्घटनामा प्रहरी जवानको मृत्यु भएको छ । गढीमाई नगरपालिकाको धरमपुर स्थित बागमती नदीको पुलमा मोटरसाइकल ठोक्किएर गएराति एकजना प्रहरी जवान रामनिवास यादवको मृत्यु भएको हो ।
उनी सर्लाहीको धनकौल वैरिया घर भई दुर्गा भगवती गाउँपालिका बडहर्वा प्रहरी चौकीमा कार्यरत थिए । इलाका प्रहरी कार्यालय गरुडाका प्रमुख डिएसपी श्रीराम भण्डारी यादवको शवलाई पोष्टमार्टमका लागि जिल्ला अस्पताल गौर पठाइएको बताउँदै घटनाबारे अनुसन्धान भइरहेको जानकारी दिए ।