×

NMB BANK
NIC ASIA

तरकारीको मूल्य बढ्दा उपभोक्ता मर्कामा

कात्तिक १६, २०७८

NTC
फाइल तस्बिर
Premier Steels

चाडपर्वको मुखमा कञ्चनपुरमा तरकारीको मूल्य बढ्दा उपभोक्ता मारमा परेका छन् । वर्षापछि तरकारीको मूल्य तेब्बर बढेको छ । तरकारीको मूल्य एक सातामा २० देखि ८० प्रतिशतसम्म बढेको छ ।

Muktinath Bank

तरकारीको मूल्य ह्वात्तै बढ्दा सबैभन्दा बढी मारमा दैनिक मजदुरी गरेर जीविका चलाउने परेका छन् । बाढीका कारण किसानले लगाएको तरकारी बगाएको र डुबानमा परेर नोक्सान भएपछि मूल्यमा वृद्धि भएको व्यवसायीको भनाइ छ । “वर्षाको पानीले निम्त्याएको विनाशका कारण तरकारी बजारसम्म पुग्न सकेकोे छैन”, कञ्चनपुर मण्डी व्यवसायी सङ्घका अध्यक्ष विशाल सोनारले भने, “किसानका खेतबारीमा वर्षाले केही बाँकी राखेन । तरकारीको अभाव भएसँगै मूल्य आकाशिएको छ । माग धेरै छ, आपूर्ति थोरै छ । त्यसैले मूल्यवृद्धि भएको छ ।”


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

तरकारीको स्थानीय उत्पादन पर्याप्त हुँदा मूल्य थोरै हुने गरेको थियो । नब्बे प्रतिशत तरकारी वर्षाले बर्बाद पारेपछि उपभोक्ताको माग धान्नै गाह्रो रहेको उनले बताए । “केही तरकारी पहाडी जिल्लाबाट निर्यात भएर आउथ्यो ।


Advertisment
Nabil box
Kumari

हाल ८० प्रतिशत तरकारी भारतबाट तथा १५ प्रतिशत तरकारी पहाडी जिल्लाबाट आयात हुने गरेको छ । पाँच प्रतिशत तरकारीमात्रै स्थानीय किसानले उत्पादन गरेको बजारमा पुग्ने गरेको छ । विगतका वर्षमा ८० प्रतिशत तरकारी स्थानीयस्तरमा उत्पादन हुने गरेको थियो । बीस प्रतिशत तरकारीमात्रै बाह्य क्षेत्रबाट आयात हुने गरेको थियो । भन्सार छलेर तरकारी भारतबाट बजारमा आउन थालेकाले मनोमानीरूपमा मूल्यमा वृद्धि गरिँदा तरकारीको मूल्यवृद्धि भएको हो । भारतबाट हाल दैनिक पाँचदेखि ६ ट्रक तरकारी आयात हुन्छ ।

Vianet communication

बजारमा भित्रिनेमध्ये आधा तरकारी भन्सार छलेर ल्याइने गरिएको छ । पहाडी क्षेत्रबाट आउने गरेको तरकारी बिचौलियाका कारण मूल्यवृद्धि भएको व्यवसायी बताउँछन् । हाल बजारमा रु ३० प्रतिकिलोका दरले बिक्री हुने सेतो आलु रु ५०, रु ३५ मा बिक्री हुने रातो आलु रु ६०, रु ६० मा बिक्री हुँदै आएको पहाडी आलु रु ८० मा बिक्री भइरहेको छ ।

यसैगरी रु ८० मा बिक्री हँुदै आएको प्याज रु १०० देखि रु १२०, गोलभेँडा ठूलो रु ८० बाट रु १२०, फर्सी रु ६० बाट रु १००, लौका रु ५० बाट रु ९०, बोडी रु ६० बाट रु १२० तथा काउली रु ६० बाट रु ९० प्रतिकिलोका दरले बिक्री भइरहेको छ । भण्टा रु ६० बाट रु १२०, सिसला मिर्च रु १२० बाट रु २००, काँक्रा रु ६० बाट रु १००, हरियो तरकारी रु ५० बाट रु १२०, सिमी रु ८० बाट रु १६०, तितेकरेला रु ६० बाट रु १४० र खुर्सानी रु ८० बाट रु १३० प्रतिकिलोका दरले बिक्री भइरहेको छ । स्थानीय प्रशासनले तरकारी बजारको हालसम्म अनुगमन गरेको छैन ।

hAMROPATRO BELOW NEWS
TATA Below
बैशाख ३, २०८१

नेपाल विद्युत् प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङले विश्व बैंकको लगानी रहेको ढल्केबर सबस्टेसन निर्माणका क्रममा आफ्नो स्वार्थ जोडिएको कम्पनीलाई कानूनविपरीत ठेक्का दिएको पाइएको छ । करिब ४ करोड बराबरको...

फागुन २९, २०८०

एक वर्षको बीचमा भएको १३८ किलो सुन तस्करीका नाइके जीवनकुमार गुरुङ हाल अर्थ मन्त्रालय मातहत रहेको भन्सार विभागको हिरासतमा छन् । लामो समय फरार रहेका गुरुङलाई यही फागुन १४ गते काठमाडौंको सामाखुशी क्षेत्रबाट ...

माघ ८, २०८०

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र सोही पार्टीका नेता समेत रहेका पूर्व बैंकर अनिल केशरी शाहले 'चेक क्लियरिङ'का सम्बन्धमा गरेको दाबीमा गम्भीर प्रश्न उठेको छ । सहकारी ठगी प्रकरणमा प्रस्टीकर...

बैशाख १८, २०८१

प्रत्येक वर्ष वैशाख शुक्ल पूर्णिमा दिन मनाइँने बुद्धजयन्ती एवं लुम्बिनी दिवसको तयारी शुरू भएको छ । संस्कृति, पर्यटन तथा नागरिक उडड्यन मन्त्रालयअन्तर्गत रहेको लुम्बिनी विकास कोषले बुद्धजयन्ती एवं लुम्बिनी दिवसका रुपमा...

बैशाख २०, २०८१

काठमाडौंको चण्डोल घर भएका कामोद ढुंगाना २०८० असार ३१ गते वुलिङ एयरको विद्युतीय गाडी (ईभी) किन्न नयाँ बानेश्वरस्थित बज्र ग्रुपको इभी-नेपाल मोटर्स प्रालि पुगेका थिए । अंकित मूल्य (एमआरपी) ३० लाख ९९ हजार रुप...

फागुन ३०, २०८०

अर्थमन्त्री वर्षमान पुन 'अनन्त' समेत मुछिएको १३८ किलो सुन तस्करीको फाइल पर्याप्त अनुसन्धानविनै सरकारी वकिलको कार्यालयमा पुगेको छ । अर्थमन्त्रीका रूपमा पुन आएलगत्तै भन्सार विभागले पर्याप्त अनुसन्धानविनै फा...

प्रकृतिको गीत

प्रकृतिको गीत

जेठ ५, २०८१

सृष्टिमा हरेक चीजको एउटा अति हुन्छ, जसलाई हामी सीमा भन्ने गर्छौँ, जलाई उसले आउँदा सँगै लिएर आएको हुन्छ र जेजति गर्छ यसैभित्रै रहेर गर्छ । अति पार गर्नासाथ उसको अस्तित्व पनि समाप्त हुन पुग्छ । अति पार गरेपछि नदी...

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

जेठ २, २०८१

नेपाली कम्युनिस्ट आन्दोलन कतिपटक विभाजन भयो ? पुनः एकता, मोर्चा गठन, विघटनलाई हेर्दा यसको जोडघटाउको लामै शृङ्खला बन्छ । र, त्यसमा मूलधारको राजनीतिबाट विभाजित कम्युनिस्ट पार्टी अर्थात् वामपन्थी पार्टीहरूको विसर्...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

x