
काठमाडौं, ८ असार — कट्रिना कैफ र रणवीर कपूरका बीचमा ब्रेकअप भएपनि फिल्म प्रमोट गर्नका लागि आफूहरूबीच सबै कुरा सामान्य नै रहेको देखाउन उनीहरू तल्लीन छन् ।

आफ्नो नयाँ फिल्म जग्गा जासूसको प्रमोसनका लागि उनीहरू कडा मेहनत गरिरहेका छन् ।
तर केही दिनअघि कट्रिनाले पूर्वप्रेमीलाई चेतावनी दिँदै राम्रो व्यवहार नदेखाए फिल्म प्रमोसन नै नगर्ने बताएकी थिइन् ।
एसियन एजमा छापिएको रिपोर्टमा लेखिएको छ, ‘एउटा कार्यक्रममा रणवीरले कट्रिनालाई जिस्काउँदै आफूले उनलाई मासाल्लाह, कमली, चिकनी चमेली र शीला की जवानी जस्ता गीतमा नान्च सिकाएको भनिदिए । कार्यक्रम सकिएपछि कट्रिनाले आफूलाई मर्का हुने गरी रणवीरले जोक गरेमा सँगै अन्तर्वार्ता नदिने चेतावनी दिइन् ।’
खासमा कट्रिनालाई रणवीरसँग काम गर्न मनै छैन तर सलमान खानले उनलाई फिल्म प्रमोसन नगर्दा निर्माताहरूमा नराम्रो सन्देश जाने भएकाले रणवीरको बकवास सहेर भएपनि प्रमोट गर्न प्रोत्साहित गरेका थिए ।
कट्रिनाले अब कहिलेपनि रणवीरसँग काम नगर्ने रहस्य खोल्दै भनिन्, ‘ऊ एकदमै चाम्रो र अप्ठ्यारो मान्छे छ । उससँग काम गर्न गाह्रो छ ।’
रणवीरले पनि कट्रिनासँग काम गर्न मन नलागेको बताए ।
एजेन्सी