
सामलिङ्ग पावर कम्पनी लिमिटेडले निष्काशन गरेको आईपीओ मंगलवार बाँडफाँड भएको छ ।
आज बिहान सेयर निष्काशन तथा बिक्रि प्रबन्धक नेपाल एसबिआई मर्चेन्ट बैंकिङ्ग लिमिटेडको कार्यलयमा आइपीओ बाँडफाँड भएको हो।
क्यापिटलका अनुसार सामलिङ्ग पावरको आईपीओमा २१ लाख ९८ हजार ७६४ जनाले आबेदन दिएका थिए। जस मध्ये ९ हजार ९८६ जनाको आबेदन रद्द भएको छ।
योग्य २१ लाख ८८ हजार ७७८ जना मध्ये ६७ हजार ८९० सामलिङ्ग पावर कम्पनीको आईपीओ पाएका छन् ।
सामलिङ्ग पावर कम्पनी लिमिटेडको आइपोओमा कात्तिक ४ गतेदेखि कात्तिक ८ गतेसम्म आबेदन खुला गरिएको थियो।
कम्पनीले सर्वसाधारणलाई ७ लाख ३० हजार कित्ता शेयर निष्काशन गरेको हो । जस मध्ये १४ हजार ६ सय कित्ता कम्पनीका कर्मचारीलाई सुरक्षित गरिएको छ भने ३६ हजार ५ सय कित्ता सामुहिक लगानी कोषहरुको लागि छुट्याईएको थियो।
कम्पनीको आईपीओको नतिजा प्रकाशन भएपछि विभिन्न तरिकाबाट आईपीओको नतिजा हेर्न सकिने छ ।
जस अनुसार सामलिङ्ग पावरको वेबसाइट, बिकी प्रबन्धक नेपाल एसबिआई मर्चेन्ट बैंकिङ्ग लिमिटेडको वेबसाइट, सिडीएससीको मेरोशेयरको वेबसाइट https://meroshare.cdsc.com.np/#/login र सिडीएसले आईपीओको लागि संचालन गरेको वेबसाइट https://iporesult.cdsc.com.np/ बाट हेर्न सकिने छ ।
मेरोशेयरको वेबसाइटबाट आफुले आईपीओमा आवेदन गर्दाको एप्लिकेसन रिपोर्टमा गएर तथा अन्यको हकमा आफ्नो डिम्याट नम्बर हालेर नतिजा हेर्न सकिने छ । दिउँसोसम्ममा नतिजा प्रकाशित हुनेछ ।