
काठमाडौं, ८ असार — अहिले पूरै युरोप गर्मीले बेहाल अवस्थामा छ । प्रचण्ड गर्मीमा पुरुष कर्मचारीहरूले फुल प्यान्ट लगाएर काम गर्नुपर्दा कष्ट भइरहेको छ ।

कर्मचारीहरू आफ्नो सुविधाबमोजिम हाफ प्यान्ट लगाएर काम गर्न चाहन्छन् तर कम्पनीले अनुमति दिएको छैन ।
दिक्क भएका कर्मचारी कम्पनीको विरोध गर्नका लागि स्कर्ट लगाएर काम गर्न गएका छन् । आफूहरूविरुद्ध भेदभाव गरिएको उनीहरूको आरोप लगाएका छन् । महिलाले चाहिँ स्कर्ट लगाएर काम गर्ने तर पुरुषले चाहिँ कट्टु लगाउन नपाउने नियमको विरोध भएको हो ।
फ्रान्सको लेबर कोडमा कट्टु लगाएर काम गर्न प्रतिबन्ध लगाइएको छैन तर बस कम्पनीले यसो गर्न दिएन ।
विरोधस्वरूप पुरुष चालकले स्कर्ट लगाएर बस चलाउन थालेका छन् ।
एक चालकले भने, ‘हाम्रो युनिफर्म गर्मीका लागि झुर छ । महिलाहरूले चाहिँ स्कर्ट लगाएर गाडी चलाउन पाउने तर हामीले छोटो लुगा लगाउन नपाउने ? हामी त स्कर्ट लगाएर आयौं ।’
युरोपमा तातो हावा चलेर बेहाल छ । झन् पोर्चुगलको जंगलमा आगो लागेर गर्मी झनै चर्केको छ ।
एजेन्सी