१३ असार २०८३, शनिबार

एमाले महासचिव भन्छन्, ‘गृहमन्त्रीले सत्ताको दुरुपयोग गरे’

कात्तिक २०, २०७४
एमाले महासचिव भन्छन्, ‘गृहमन्त्रीले सत्ताको दुरुपयोग गरे’

विराटनगर, ८ असार– एमाले महासचिव ईश्वर पोखरेलले गृहमन्त्री जनार्दन शर्माले निर्वाचन आचारसंहिता विपरित चुनाव प्रचारमा सक्रिय भएर सत्ताको दुरुपयोग गरेको आरो लगाएका छन् ।

बिहीवार विराटनगरमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै पोखरेलले सरकारका जिम्मेवार व्यक्तिले नै शक्ति दुरुपयोग गर्नु आपत्तिजनक रहेको बताए । ‘गृहमन्त्री सत्ताको बलमा चुनाव प्रचारमा लाग्नु भएको छ,’ पोखरेलले भन्नुुभयो, ‘द्वन्द्वपीडितलाई राहत दिने नाममा र विभिन्न मन्त्रालयमा बजेट रकमान्तरण गर्ने बहानामा पनि निर्वाचन आचारसंहिताको ठाडो उल्लघंन भएको छ ।’

एमालेकै अडानका कारण दोस्रो चरणको निर्वाचन तोकिएकै मितिमा सम्पन्न हुन गइरहेको पनि पोखरेलले दावी गरे । ‘एमालेले तोकिएकै मितिमा निर्वाचन हुनुपर्छ भनेर अडिग रह्यो,’ पोखरेलले भने, ‘एमालेकै अडानका कारण दोस्रो चरणको निर्वाचन तोकिएकै मितिमा सम्पन्न हुन गइरहेको छ ।’

एमाले महासचिव पोखरेलले सरकारले २ नम्बर प्रदेशमा जनताको भावना विपरित निर्वाचन मिति सारेको बताए । ‘प्रदेश नम्बर २ का जनता भोट हालेर आफ्ना प्रतिनिधि छान्न अतुर थिए,’ नेता पोखरेलले भने, ‘तर सरकारले मिति सारेर जनताको अधिकारमाथि हस्तक्षेप गरेको छ ’

सरकारले राष्ट्रिय जनता पार्टी (राजपा) नेपाललाई निर्वाचनमा सहभागी गराउने वहानामा चुनाव सारेर मधेसी जनताको अधिकारमाथि हस्तक्षेप गरेको पोखरेलेको भनाइ छ ।

salt training

कमेन्ट गर्नुहोस्