२७ असार २०८३, शनिबार

प्रधानमन्त्री देउवा एक हप्ताका लागि राजधानी बाहिर, चुनाव सकिएपछि मात्रै फर्किने

कात्तिक २०, २०७४
प्रधानमन्त्री देउवा एक हप्ताका लागि राजधानी बाहिर, चुनाव सकिएपछि मात्रै फर्किने

काठमाडौं, ८ असार– प्रधानमन्त्री शेरबहादुर देउवा भोलि (शुक्रबार)देखि राजधानी बाहिर जाने भएका छन् । उनी चुनाव सकिएपछि मात्रै राजधानी फर्किने छन् ।

नेपाली कांग्रेसका सभापति समेत रहेका देउवा शुक्रबारदेखि ७ नम्बर प्रदेशका चुनावी सभामा सहभागी हुन राजधानी बाहिर जान लागेका हुन् ।

देउवा ७ नम्बर प्रदेशका कैलाली, कञ्चनपुर र डडेल्धुरामा नेपाली कांग्रेसले आयोजना गर्ने चुनावी सभामा सहभागी हुने छन् ।

देउवा गृहजिल्ला डडेल्धुरामा बढी समय बस्ने कार्यक्रम छ । त्यसपछि उनी असार १४ गते मतदान गरेर मात्रै राजधानी फर्किने छन् ।

गृह जिल्ला लगायत आफ्नो पकड मानिएको क्षेत्रमा कांग्रेस भित्र विवाद बढेपछि देउवा ७ नम्बर प्रदेशको भ्रमणमा निस्केका हुन् ।

सभापति देउवाले पार्टीमा सक्रिय व्यक्तिभन्दा आफ्ना नजिकका व्यक्तिलाई चुनावमा टिकट दिएको भन्दै गृहजिल्ला डडेल्धुरा लगायत ७ नम्बर प्रदेशका अन्य जिल्लामा पनि कांग्रेसभित्र आन्तरिक विवाद बढेको छ ।

सोही विवाद मिलाउन तथा चुनावी माहोल बढाउन देउवा जिल्ला भ्रमणमा निस्कन लागेका हुन् ।

देउवा डडेल्धुराको गन्यापधुरा गाउँपालिकाका स्थायी बासिन्दा हुन् । उनले गन्यापधुराको १ नम्बर वडा (असिग्राम) बाट मतदान गर्ने छन् ।

salt training

कमेन्ट गर्नुहोस्