०९ साउन २०८३, शनिबार

राखेपको सदस्य सचिवमा विष्णुकुमार ढकाल नियुक्त

कात्तिक १६, २०७८
राखेपको सदस्य सचिवमा विष्णुकुमार ढकाल नियुक्त

राष्ट्रिय खेलकुद परिषद् (राखेप) को सदस्य सचिवमा विष्णुकुमार ढकाल नियुक्त भएका छन् ।

युवा तथा खेलकुद मन्त्रालयको मन्त्रिस्तरीय निर्णयबाट ढकाललाई सदस्य सचिवको जिम्मेवारी तोकिएको मन्त्रालयका निमित्त सचिव डा. कमलप्रसाद पोखरेलले जानकारी दिए । 

युवा तथा खेलकुद मन्त्री महेश्वरजंग गहतराजको अध्यक्षतामा कात्तिक १६ गते मंगलवार बसेको मन्त्रिस्तरीय बैठकले खेलकुद विकास ऐन २०७७ को दफा १७ को उपदफा १२ बमोजिम मन्त्रालयका सहसचिव ढकाललाई राखेपको सदस्य सचिवमा नियुक्त गर्ने निर्णय गरेको पोखरेलले बताए ।
 

salt training

कमेन्ट गर्नुहोस्