फागुन २६, २०८०
पोखराका अशोक खड्काको पारिवारिक वातावरण सानैदेखि उद्यमशीलताको थियो । उनका बुवा सधैं एकै सुझाव दिइरहन्थे– नेपालमै केही गर्नुपर्छ । उनको बालमस्तिष्कमा त्यही छाप पर्यो । विदेश जाने सोच कहिल्यै बनाएनन् । नेप...
कात्तिक १६, २०७८
पाल्पाको तानसेन धारापानीका सन्तोष विकले ५ वर्ष विदेशमा कमाएको ८ लाख रुपैयाँ टिपेर श्रीमती सरिता विश्वकर्मा परपुरूषसँग टाप कसिन् ।
उनी घर फर्किँदा न रगत पसिनासँग साटेको पैसा थियो, न त उनकी श्रीमती सरिता नै ।
दुुई सन्तान (छोराहरू)लाई राम्रो शिक्षादिक्षा दिने र परिवारलाई सुख र खुशीसँग पाल्छु भनेर साहुसँग ऋण लिएर खाडी मुलुक कतारको तातो हावामा काम गर्न उडेका सन्तोषलाई श्रीमतीले यतिसम्म धोका देलिन् भन्ने लागेकै थिएन । उनी विदेश नजाँदासम्म श्रीमतीसँग राम्रो सम्बन्ध थियो । फोनमा राम्रै कुराकानी हुन्थ्यो । कमाएको पैसा बेला–बेलामा श्रीमती सरितालाई पठाइरहन्थे ।
‘दुुई पैसा पनि साथमा नराखी उनीलाई सबै पैसा पठाएँ,’ सन्तोष भन्छन्, ‘विदेशमा रहँदा एक/डेढ वर्षपछि छिमेकीहरूले गाइँगुइँ कुुरा गर्न थालेपछि ३५ महिनामा घर आउँदा न श्रीमती न सम्पत्ति ।’
सन्तोष घर आउँदा श्रीमती भागिसकेकी थिइन् । सोधखोज गर्दा उनी बर्दियामा एक थारू युवासँग गएको सन्तोष बताउँछन् ।
‘घर आएको वर्ष दिन हुन लाग्यो, न आ–आफ्नो बाटो लाग्ने अवस्था छ, न सँगै बस्ने । मलाई घर न घाटको बनाएकी छे । सोधखोज गरेर फोन सम्पर्क गर्दा आउँदिनँ भन्छे । कि सम्बन्ध विच्छेद हुनुपर्यो, कि सँगै हुनुपर्यो । म त मर्नु न बाँच्छु भएको छु,’ सन्तोषले रुँदै भने ।
३० वर्षीय सन्तोषले पारिवारिक पीडालाई घटाउन एउटा भाँडा उद्योगमा काम गरेर दैनिकी गुजारिरहेका छन् ।
****
पाल्पा तानसेन –५ शिवपोखरीका साजन गैरे होराइन स्कूलमा पढ्दापढ्दै सँगै पढ्ने अस्मिता बर्मा क्षेत्रीसँग प्रेम सम्बन्धमा बाँधिए ।
कक्षा १२ मा पढ्दै गरेका परिवारका एक्ला छोरा गैरेले प्रेम सम्बन्धलाई विवाहमा परिणत गरे । उनीहरूको छोरा जन्मियो ।
सानो छोरा र श्रीमतीलाई बाबाआमाको काखमा छाडेर साजनले विदेशको भिसा लगाए । छोरालाई राम्रोसँग पढाउँछु, श्रीमती र बुवाआमालाई खुशी राख्छु भन्ने सपनाका साथ साजन परदेश पसे ।
जिन्दगी राम्रै चलिरहेको थियो । श्रीमान् विदेश गएको केही महिनापछि अस्मिताले घरमा सासूससुराले भन्नेको मान्न छाडिन् । फोनमा डुबिरहने । सानो छोराको वास्ता नगर्ने, गर्न थालिन् । गएको दशैंभन्दा केही अगाडि साजन साढे दुुई वर्षमा घर फर्किए ।
साजन फर्किँदा अस्मिता घर छाडेर हिँडिसकेकी थिइन् ।
साजनका बाबा नेत्र गैरेले छोरो घरमा आउने थाहा पाएपछि बुहारी घरबाट हिँडेको बताए । ४ वर्षको छोरोलाई पापा ल्याइदिन्छु भनेर हिँडेकी उनी घर फर्किनन् ।
नेत्र लोकान्तरसँग भन्छन्, ‘छोरोले हामीलाई थोरै, श्रीमतीलाई धेरै पैसा पठाइदिने रहेछ । पैसा पनि छैन, मान्छे पनि छैन । माइत जाँदा माइतीमा पनि छैनन रे ! सोधखोज गरेर फोन गर्दा म पुग्ने ठाउँमा पुगिसकें, मलाई नखोज्नू भनिन् ।’
बाबाआमाको इच्छाविपरीत बिहे गरेका साजन अहिले सबैभन्दा पछुतोमा छन् । उनी आफूलाई प्रेमले सडकमा पुर्याएको बताउँछन् ।
उनले घरपरिवारका अन्य सदस्यलाई भन्दा आफ्नी श्रीमतीलाई पूरै विश्वास गरेका थिए । ‘आफन्तले तेरो श्रीमती भागी भन्दा मलाई विश्वास लागेन,’ उनले भने, ‘बेलाबेला फोनमा राम्रो गफ हुन्थ्यो । तर, अहिले घरमा आएर बुझ्दा त्यो भन्दा पहिला नै अर्कैसँग गइसकेकी रहिछे । कत्रो विश्वास घात गरिछे ।’
अदालतमा गएर सम्बन्धविच्छेद गरौं भन्दा अहिले आधा सम्पत्ति चाहिन्छ भन्न थालेको गैरे परिवार बताउँछ । साजनका ४ वर्षीय छोरा ममी कतिखेर आउनुहुन्छ भनेर हजुरबुवालाई सोधिरहन्छन् । तर, त्यो अबोध बालकलाई जवाफ दिने उत्तर न साजनसँग छ, न नेत्रसँग नै । अहिले गैर परिवार न्यायको प्रतीक्षामा छ ।
****
गुल्मी मुसिकोट–५ का खडानन्द गैरे श्रीमती र छोरालाई बुटवल कालिकानगरमा डेराको बन्दोबस्त गरी भियतनाम उडे । तीन वर्षपछि घर आएको केही दिनमा छोरोसहित श्रीमती संगिता बेपत्ता भइन् ।
विदेशमा रहँदा फोनमा कुरा गर्दा झर्किरहन्थिन् । दशैँ मनाउन घर आएका खडानन्दकी श्रीमती असोज २२ गते बेपत्ता भएकी छिन् ।
उनी अरू कसैसँग हिँडेको उनको आशंका छ ।
‘भारत, दुबई, कतार र भियतनाम गरेर ११ वर्ष विदेश बसें’ खडानन्द भन्छन्, ‘तर अहिले आएर यस्तो पीडा बोक्नु पर्यो । मैले विदेशबाट कमाएको लाखौं रुपैयाँ रकम श्रीमतीलाई पठाउँथे, अहिले त्यो रकम कहाँ गयो भन्ने पनि पत्तो छैन । म सडकमा पुगेँ ।’
श्रीमती छोरासहित बेपत्ता भएर घर र माइतको सम्पर्कमा नआएपछि खोजीका लागि खडानन्दले मानवअधिकारकर्मी, पत्रकार तथा प्रहरीलाई अनुरोध गरेका छन् । संगिताको मोबाइल ट्याप गर्दा चितवन देखाएपछि खडानन्द र उनका आफन्त अहिले चितवनमा छन् । प्रहरी, आफ्नासँगै श्रीमती र छोराको खोजी गर्दै चितवन आइपुगेको उनले लोकान्तरलाई जानकारी दिए । खडानन्दले १८ वर्षको उमेरमा प्रेम विवाह गरेका थिए ।
****
गत वर्ष बुटवल–९ का एक पुरूषले आफ्नी श्रीमती परपुरूषसँग रंगेहात घरभित्र भेटाएपछि ढोका लगाइदिए । अनि प्रहरी प्रशासन र बुटवल उपमहानगरपालिकाको न्यायिक समितिलाई खबर गरेर प्रत्यक्ष देखाएको बुटवल उपमहानगरपालिका न्यायिक समितिमा कार्यरत कानूनी अधिकृत ध्रुव भट्टराईले जानकारी दिए ।
समाजमा अहिले वैदेशिक रोजगारले विचलन ल्याएको उनको भनाइ छ । ‘वर्षौं कमाएको सम्पत्ति सकिने, परिवार र सम्बन्ध पनि बिग्रने गर्दा यसले समाजमा विचलन ल्याइरहेको देखाउँछ । अझै प्रेम विवाह गरेकामा बढी फाटो आउने गरेको देखिन्छ,’ भट्टराईले भने ।
बुटवल उपमहानगरपालिकाको न्यायिक समितिमा पत्नी पीडित पुरूषहरूको उजुरी आउने क्रम बढ्दै गएको न्यायिक समितिका संयोजक गुमादेवी आचार्यले बताइन् ।
‘मैले विदेशबाट यति पैसा आईएमई गरेको थिएँ भन्दै भौचर लिएर आउने गरेका छन्,’ भट्टराईले भने, ‘न्याय चाहियो भन्दै आउनुहुन्छ । हामीले प्रक्रिया बताइदिन्छौं । आवश्यक ठाने उजुरीको प्रक्रियामा जानुहुन्छ । केही त्यसै फर्किन्छन् । श्रीमान् विदेशमा दुःख गर्ने, श्रीमती यता पैसा उडाउने गरेको समस्या छ ।’
वैदेशिक रोजगारीले समाजमा आर्थिक उत्थान गरे पनि ठूलो समस्या र परिवारिक बेमेल पनि सिर्जना गरेको छ ।
यस्ता घटनामा पीडित भएकाहरूलाई न्याय दिलाउन कानूनको अभाव पनि देखिएको छ । श्रीमती हुँदाहुँदै अर्को बिहे गर्ने पुरुषले बहुविवाहमा सजाय भोग्नुपर्ने हुन्छ । गुल्मीका प्रहरी प्रमुख गोपाल भट्टराईले प्रहरीकहाँ दैनिकजसो वैदेशिक रोजगारमा गएका परिवारका पुरूषहरू न्याय माग्दै आउने गरेको बताउँछन् ।
‘वैदेशिक रोजगारीका कारण पारिवारिक विग्रह ल्याएको देखिन्छ,’ भट्टराईले भने, ‘विदेशबाट आउँदा श्रीमती अर्कैसँग हिँडेको, परिवारले शंका गरेको, श्रीमतीले छोराछोरी लगेपछि सन्तान पाऊँ भन्दै प्रहरीसमक्ष युवाहरू आउनुहुन्छ ।’ लुम्बिनी प्रदेशका पहाडी जिल्लाहरू गुल्मी, पाल्पा, अर्घाखाँची, रुकुम पूर्व र रोल्पाबाट वैदेशिक रोजगारमा जाने युवाहरूको संख्या धेरै छ ।
आफ्नो पीडा लुकाएर कृषिका लागि प्रयोग हुने विषादी प्रयोग गरी आत्महत्या गर्ने क्रम समेत बढेको भेटिएपछि त्यसको बिक्री वितरणमा रूपन्देही प्रहरीले कडाइ गरेको छ ।
रूपन्देहीमा मात्रै साउन र भदौमा सल्फास, एलुमिनियम सल्फेट,अप–अल्पाइन, सिपभिटामिक बी–कम्प्लेक्स जस्ता कृषिजन्य विषादी प्रयोग गरी ९९ जनाले आत्महत्या गरेको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक (एसपी) मनोज केसीले जानकारी दिए ।
‘साउनमा ३३ जना र भदौमा ६६ जनाले त्यस्ता विषादी प्रयोग गरी आत्महत्या गरेका पाइयो । आत्महत्या उच्च हुन थालेपछि कृषिजन्य विषादीको बिक्रीवितरण गरिरहेका एग्रोभेट, भेटेनरी तथा कम्पनीहरूमा अनुगमन गरिएको छ । प्रहरीले १०७ वटा कृषि र पशुजन्य क्लिनिक, एग्रोभेट, केन्द्र र भेटेरिनरीलाई अभिलेख राख्न निर्देशन दिएका छौं ।’
उनका अनुसार ९ वटा इलाका प्रहरी कार्यालय, दुईवटा वडा प्रहरी कार्यालय र एउटा प्रहरी चौकीको कार्यक्षेत्रमा रहेका १०७ वटा विषादी बेचबिखन क्लिनिक, एग्रोभेट र भेटेरिनरी पत्ता लागेका छन् ।
रूपन्देही प्रहरीले आत्महत्या न्यूनीकरण गर्न बनाएको ‘थ्री सर्कल’ कार्ययोजना अनुरूप विषादी बेचबिखन गर्ने ठाउँहरूलाई लक्षित गरी अनुगमन गरिएको बताएको छ ।
पोखराका अशोक खड्काको पारिवारिक वातावरण सानैदेखि उद्यमशीलताको थियो । उनका बुवा सधैं एकै सुझाव दिइरहन्थे– नेपालमै केही गर्नुपर्छ । उनको बालमस्तिष्कमा त्यही छाप पर्यो । विदेश जाने सोच कहिल्यै बनाएनन् । नेप...
प्रगतिशील राजनीतिको 'फ्रन्टलाइन'मा देखिने नेताहरू जति कठोर हुन्छन्, त्यो भन्दा बढी ‘इमोसनल र सेन्टिमेन्टल’ पनि हुन्छन् । त्यस्तै ‘इमोसनल फिलिङ्स’का बाबजुद परिस्थितिले कठोर बन्दै गएक...
नृत्यका पारखीहरूका लागि लुम्बिनी प्रदेशमा लोकप्रिय नाम हो किशोर थापा । रुपन्देहीका किशोरको परिचय खाली नृत्यकार (डान्सर)मा मात्र सीमित छैन । उनी नृत्य निर्देशक, गायक, मोडल र फूटबल खेलाडीको रूपमा समेत उत्तिकै च...
श्रीमान्–श्रीमती नैं शाखा अधिकृत, त्यो पनि एकसाथ । यस्तो सुखद संयोग सरकारी सेवामा प्रवेश गर्न चाहनेमध्ये कमैलाई मात्र जुर्ने गर्छ । तर, गुल्मीको धुर्कोट गाउँपालिका वडा नम्बर–६ का सुरेन्द्र पाण्डे र रमित...
भगवान् गौतम बुद्धको जन्मस्थल लुम्बिनी विश्वकै लागि शान्तिक्षेत्र हो । यो क्षेत्र आउँदो महिना विशेष हुने भएको छ । विश्वकै प्रतिष्ठित र ठूलो पुरस्कार मानिने नोबेल पुरस्कार विजेताहरूको जमघट हुने भएपछि विशेष हुन लागेक...
मनीषा जीसीको वास्तविक नाम विष्णु घर्ती क्षेत्री हो । गुल्मीको धुर्कोट गाउँपालिका– ३ हाडहाडेकी विष्णुलाई धेरैले मनीषा भनेर चिन्छन् । उनै मनीषा लोक सेवा आयोगले लिएका पाँचवटा परीक्षामा एकसाथ नाम निकालेर अह...
सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...
रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन । सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...
कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...