०२ असार २०८३, मंगलबार

राष्ट्रिय वाणिज्य बैंक संचालक समिति अध्यक्षमा डा. बलराम पाठक

कात्तिक १६, २०७८
राष्ट्रिय वाणिज्य बैंक संचालक समिति अध्यक्षमा डा. बलराम पाठक

राष्ट्रिय वाणिज्य बैंक लिमिटेड संचालक समितिका नवनियुक्त अध्यक्ष डा.बलराम पाठकले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन् ।

पाठकले नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी समक्ष बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन, २०७३ को दफा १२७ को उपदफा १ बमोजिम मंगलवार पद तथा गोपनीयताको शपथ लिएका हुन् ।

यसअघि बैंक संचालक समितिको सोमवार बसेको बैठकले डा.बलराम पाठकलाई अध्यक्षमा सर्वसम्मत चयन गरेको हो ।

डा. पाठकले अर्थशास्त्र विषयमा विद्यावारिधी गरेका छन् । साथै, उनलाई राष्ट्रिय बीमा कम्पनी लिमिटेडको संचालकको रुपमा कार्य गरेको अनुभव रहेको छ । डा. पाठक हाल त्रिभुवन विश्वविद्यालय अन्र्तगतको क्याम्पसमा अर्थशास्त्र विषयको प्राध्यापन पेशामा आवद्ध छन् ।

शपथ ग्रहण कार्यक्रममा नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नरद्वय निलम तिम्सिना ढुङ्गाना तथा बमबहादुर मिश्र लगायत उच्च पदाधिकारीहरु र राष्ट्रिय वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठ, नायब प्रमुख कार्यकारी अधिकृत कविराज अधिकारी, कम्पनी सचिव भोलानाथ पौडेलको उपस्थिति रहेको थियो । 

salt training

कमेन्ट गर्नुहोस्