
काठमाडौं, ८ असार — गोर्खाल्यान्डको माग राखेर दार्जीलिङमा चलेको आन्दोलनका क्रममा हिंसा भएपछि प्रहरीले गोर्खा जनमुक्ति मोर्चा (गोजमो) प्रमुख विमल गुरुङ र उनकी पत्नी आशा गुरुङका विरुद्ध हत्या मुद्दा दर्ता गरेको छ ।

शनिवार सिंगमडीमा गोजमोका ती समर्थकको हत्या भएको थियो । प्रहरीले यस मुद्दामा गुरुङ दम्पतीका विरुद्ध हत्या र षड्यन्त्रको आरोपमा मुद्दा दर्ता गरेको हो ।
उता जीजेपी दलका नेता विनय तामाङले चाहिँ गोजमो समर्थकहरूको मृत्यु प्रहरीको गोलीबारीका कारण भएको बताएका छन् ।
यसैबीच सिक्किमका मुख्यमन्त्री पवन कुमार चाम्लिङले गृहमन्त्री राजनाथ सिंहलाई चिट्ठी पठाएर आफूले गोर्खाल्यान्डको मागलाई समर्थन गरेको जनाउ दिएका छन् । उनले लेखे, ‘गोर्खाल्यान्ड राज्य बन्दा यस क्षेत्रमा फेरि स्थायी शान्ति र समृद्धि फर्किन्छ । सिक्किमलाई पनि यसबाट निकै फाइदा हुन्छ किनकि उसको विकास कार्यमा आन्दोलनका बाधा आउँदैनन् ।’
एजेन्सी