२७ जेठ २०८३, बुधबार

गठबन्धनको सरकार ढल्दैन, पूर्ण कार्यकाल टिक्छ : अर्थमन्त्री शर्मा

कात्तिक १६, २०७८
गठबन्धनको सरकार ढल्दैन, पूर्ण कार्यकाल टिक्छ : अर्थमन्त्री शर्मा

अर्थमन्त्री जनार्दन शर्माले अहिलेको गठबन्धन सरकार पूर्ण कार्यकाल टिक्ने बताएका छन् ।

मंगलवार संखुवासभाको तुम्लिङ्टार विमानस्थलमा पत्रकारसँग संक्षिप्त कुराकानी गर्दै अर्थमन्त्री शर्माले गठबन्धन सरकार निरन्तर चल्नेमा शंका नगर्न आग्रह गरे ।

अहिलेको सरकार जनताबाटै निर्वाचित सरकार भएकाले पूर्ण कार्यकालसम्म रहने उनको भनाइ थियो । 

नेकपा माओवादी केन्द्र संखुवासभाले आयोजना गरेको जिल्लास्तरीय प्रशिक्षण कार्यक्रममा सहभागी हुन मन्त्री शर्मा मंगलवार संखुवासभा आएका हुन् । अहिलेको सरकार प्रतिगमनकारी शक्तिलाई परास्त गरेर आएको हुनाले पूर्ण कार्यकालसम्म चल्ने मन्त्री शर्माले बताए ।

गठबन्धनको सरकारले संघीयता, लोकतन्त्र, गणतन्त्र र जनताका अधिकार संरक्षण गरेकाले सरकार ढल्ने कुरा निराधार भएको मन्त्री शर्मा बताए ।
 

salt training

कमेन्ट गर्नुहोस्