०२ साउन २०८३, शनिबार

मैत्रीपूर्ण फूटबल खेलमा सैनिक जनसम्पर्क निर्देशनालय विजयी

कात्तिक १६, २०७८
मैत्रीपूर्ण फूटबल खेलमा सैनिक जनसम्पर्क निर्देशनालय विजयी
प्रतिकात्मक तस्वीर

सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालय टोली र रक्षा समाचारदाताबीच मैत्रीपूर्ण फूटबल खेल भएको छ । 

खेलमा निर्देशनालय ६–२ को फराकिलो गोल अन्तरले विजयी भएको हो । 

खेलमा सेनाकातर्फबाट प्रवक्ता सन्तोषबल्लभ पौडेल, महासेनानीद्वय ईश्वर श्रेष्ठ र पद्म बुढा, प्रमुख सेनानी प्रद्युम्न पौडेल तथा सेनानीद्वय विजय पाण्डे र रिसभ कार्कीले गोल गरेका थिए ।

सञ्चारकर्मीका तर्फबाट पुरुषोत्तम खत्री र उजिर कार्कीले १/१ गोल गरे । सैनिक मुख्यालय जङ्गीअड्डा परिसरको खेल मैदानमा मंगलवार भएको खेलमा सेनाका तर्फबाट सहायक रथी पौडेल र समाचारदाताका तर्फबाट नेपाल पत्रकार महासंघका पूर्व उपाध्यक्ष दिलीप थापामगरले नेतृत्व गरेका थिए ।

सेना र सञ्चार माध्यमबीचको सम्बन्ध विस्तार गर्ने उद्देश्यले आयोजित प्रतियोगिताको सैनिक तालिम महानिर्देशक उपरथी निरञ्जनकुमार श्रेष्ठले दुवै टीमका कप्तानलाई बल प्रदान गरी खेल उद्घाटन गरेका थिए ।
 

salt training

कमेन्ट गर्नुहोस्