२३ जेठ २०८३, शनिबार

काबुल आक्रमणमा हक्कानी नेटवर्कका कमान्डरको मृत्यु

कात्तिक १७, २०७८
काबुल आक्रमणमा हक्कानी नेटवर्कका कमान्डरको मृत्यु

अफगानिस्तानको तालिबान सरकारका गृहमन्त्री सिराजुद्दीन हक्कानीका मुख्य सैन्य रणनीतिकार कमान्डर हमदुल्ला मुखलिस आत्मघाती आक्रमणमा मारिएका छन् । 

मंगलवार भएका दुईवटा बम विस्फोट तथा गोलीकाण्डको घटनामा २५ जनाको मृत्यु भएको छ र मुखलिस पनि त्यसमा परेका छन् ।

मुखलिस तालिबानको विशेष बल बद्री ब्रिगेडका कमान्डर थिए । त्यही ब्रिगेडले काबुलमा सुरक्षाको जिम्मेवारी लिएको छ । 

तालिबान कमान्डरको मृत्युले हक्कानी नेटवर्कलाई ठूलो झड्का लागेको छ । 

यस आक्रमणको जिम्मेवारी कसैले नलिएको भए पनि आईएसकेपीका आतंकवादीहरूले गराएको मानिएको छ । 

बन्दूकधारीहरूको समूहले काबुलमा रहेको सबभन्दा ठूलो सैन्य अस्पतालमा आक्रमण गरेका थिए । तालिबान लडाकूहरूको समूहले आक्रमणकारीहरूलाई मारेका थिए ।

तालिबानका प्रवक्ता जबीहुल्ला मुजाहिदले विस्फोटका कारण ४०० शय्या भएको सरदार मोहम्मद दाउद खान अस्पतालको प्रवेशद्वारमा भएको बताए । आक्रमणकारीहरूलाई १५ मिनेटभित्र मारिएको उनले बताए । 

तालिबानको विशेष बललाई हेलिकप्टरमार्फत अस्पताल परिसरमा एयर ड्रप गरिएको थियो । आक्रमणकारीहरूलाई अस्पताल परिसरमा प्रवेश गर्न नदिएको र गेट वा परिसरमै मारिएको जानकारी मुजाहिदले दिए ।

salt training

कमेन्ट गर्नुहोस्