
खुकुरी रमले आफ्नो प्याकेजिङ(प्याक) परिवर्तन गर्ने भएको छ ।
स्थापनाको ६२ वर्षपछि समयको माग र ग्राहकको अपेक्षालाई समेत ध्यानमा राखी कम्पनीले आफ्नो प्याकेजिङ परिवर्तन गरी अझ आकर्षक, विश्वस्तरीय एवम् वातावरणमैत्री रुपमा बजारमा उत्रिने निर्णय गरेको कम्पनीले जनाएको छ ।
निर्णयअनुसार चाँडै विश्वस्तरीय नयाँ प्याकसहित बजारमा आउने तयारी भइरहेको कम्पनीले जनाएको छ ।
कम्पनीका अनुसार, रमको प्याकेजिङ तथा बोटलको लुक्स निकै आकर्षक बनाइएको छ । प्याकेजिङ परिवर्तन भए पनि ब्लेण्ड र स्वादमा भने कुनै परिवर्तन गरिनेछैन ।
नयाँ प्याकेजिङसहितको खुकुरी रम तिहार र छठपछि बजारमा आउँदैछ ।
बीस वर्षदेखि ग्राहकको हृदयमा रहेको खुकुरी रमको पुरानो प्याकको अन्तिम ब्याचका उत्पादनहरु एक महिनाअघि नै बन्द भइसकेको कम्पनीले जनाएको छ ।
हाल नेपालबाहेक १३ देशका बजारमा समेत उपलब्ध हुँदै आएको खुकुरी रमको प्याकेजिङ स्थानीय र अन्तराष्ट्रिय बजारमा एकैसाथ परिवर्तन हुन लागेको हो ।
खुकुरी रमको वर्षौदेखिको मौलिक प्याकेजिङलाई ग्राहकको आकांक्षाअनुरुप परिस्कृत गर्दै तयार पारिएको नयाँ प्याकेजिङले स्थानीय र विश्व बजारका ग्राहकहरुको मन जित्ने खुकुरी रमको उत्पादक, नेपाल डिस्टीलरिजका महाप्रबन्धक शुभाष लामिछानेले जनाएका छन् ।
तयार भई बजारमा आउने लागेको सो नयाँ प्याकेजिङको विषयमा बोल्दै महाप्रबन्धक लामिछानेले भने–‘हामीले स्थानीयदेखि विश्व बजारसम्मका हाम्रा अमूल्य ग्राहकहरुको सुविधा तथा चाहनालाई ध्यानमा राखेर खुकुरी रमको नयाँ प्याक डिजाइन गरेका हौं । नयाँ प्याकमा समेत हामीले खुकुरी रमको उही पुरानै उत्कृष्ट स्वाद कायमै राखेका छौँ । यसको गुणस्तरीयता र रम पिउँदा हुने अनुभूतिमा कुनै फरकपना नआओस् भन्ने विषयलाई विशेष रुपमा ध्यान दिएका छौं । बरु त्यो अनुभव अझ विशेष बनोस् भन्ने हाम्रो चाहना हो ।’
कोभिड १९ संक्रमणको जोखिम कायमै रहेका कारण खुकुरी रमको नयाँ प्याकको अनलाइन लञ्चिङ हुने कम्पनीले जनाएको छ ।