०६ असार २०८३, शनिबार

अमेरिकाका राष्ट्रपति बाइडनलाई स्कटल्यान्डमा एक व्यक्तिले पारे लाजमर्नु

कात्तिक १७, २०७८
अमेरिकाका राष्ट्रपति बाइडनलाई स्कटल्यान्डमा एक व्यक्तिले पारे लाजमर्नु

अमेरिकाका राष्ट्रपति जो बाइडन कोप२६ सम्मेलनमा भाग लिन एडिनबराबाट ग्लास्गो जाँदै गर्दा एकजना नग्न व्यक्ति देखापरेर लाजमर्नु पारेका छन् । 

उनी आफ्नो बीस्ट गाडीमा जाँदै गर्दा आफ्नो घरको अग्रभागमा नांगै बसिरहेका पुरुषले तस्वीर खिचेका थिए । 

कुन ठाउँमा घटना भएको हो भन्ने सुनिश्चित छैन । 

राष्ट्रपति बाइडनको मोटरकेड एडिनबराको एक पेट्रोल पम्पमा पेट्रोल भरिरहेको देखिएको छ । दिनदिनै एडिनबराबाट ग्लास्गो आउनेजाने अनि त्यसलाई हेलिकप्टरले निगरानी गर्ने गर्दा बेस्सरी कार्बन उत्सर्जन भएको छ । 

एडिनबराबाट ग्लास्गो जम्मा ४५ माइल टाढा रहेको अनि त्यति नजिक पनि बाइडनले अनावश्यक रूपमा ओहोरदोहोर गरेको भनी आलोचना भइरहेको छ । 

कोप२६ को दोस्रो दिन मंगलवार बाइडनले मिथेन लीकलाई व्यवस्थापन गर्नुको फाइदाका बारेमा विश्वनेताहरूसँग कुराकानी गरेका थिए । 

वनविनाश तथा मिथेन उत्सर्जन घटाउने विषयमा विश्वनेताहरू सहमत भएका छन् ।
 

salt training

कमेन्ट गर्नुहोस्