२६ जेठ २०८३, मंगलबार

अनियन्त्रित माइक्रो सडक छेउँका सर्वसाधारणमाथि चढ्यो, एकको मृत्यु

कात्तिक २०, २०७४
अनियन्त्रित माइक्रो सडक छेउँका सर्वसाधारणमाथि चढ्यो, एकको मृत्यु

काठमाडौं, ८ असार - काठमाडौंको जोरपाटीमा अनियन्त्रित माइक्रोले ठक्कर दिँदा एक जना भारतीय नागरिकको ज्यान गएको छ । बा १ ज ९८०९ नम्बरको माइक्रोले ठक्कर दिँदा भारत श्रीपुरका २७ वर्षीय रुपलाल साहको ज्यान गएको छ ।

उनको उपचारको क्रममा मृत्यु भएको हो । अनियन्त्रित बनेको माइक्रोले सुरुमा मोटरसाइकललाई ठक्कर दिएको थियो । त्यसपछि बाटोमा हिँडिरहेका सर्वसाधारणलाई साहोर्दै लगेको थियो । दुर्घटनामा दुई जना गम्भीर घाइते भएका छन् । उनीहरुको उपचार भइरहेको । प्रहरीका अनुसार बौद्ध जोरपाटीमा भएको यो दुर्घटना अत्यनतै डरलाग्दो थियो ।

माइक्रोले मोटरसाइकललाई ठक्कर दिएको भएपनि मोटरसाइकलमा रहेकाहरु सामान्य घाइते मात्रै भए । अनियन्त्रित भएको माइक्रोले सडकमा फलफुल बेचिरहेकाहरुलाई ठक्कर दियो ।

salt training

कमेन्ट गर्नुहोस्