२३ असार २०८३, मंगलबार

रत्नपार्कमा १८औं ‘काग सम्मेलन’

कात्तिक १७, २०७८
रत्नपार्कमा १८औं ‘काग सम्मेलन’
प्रतिकात्मक तस्वीर

काठमाडौंको रत्नपार्कमा १८औं काग सम्मेलन गरिएको छ । 

राष्ट्रिय संगीतकर्मी संघले काग तिहारका अवसरमा बुधवार आयोजना गरेको कार्यक्रममा इलामका रमेश दुलाल ‘कागे’ले काग बोलाएर सम्मेलनको आयोजना गरेका हुन् ।

विगत १८ वर्षदेखि काग तिहारको अवसरमा काग सम्मेलन गर्दै आएका दुलालले बुधवार बिहान ६ बजेदेखि ७ बजेसम्म रत्नपार्कस्थित शान्तिवाटिकामा काग बोलाएर काग सम्मेलन गरेका हुन् ।

यमराजको दूतका रूपमा कागलाई मीठामीठा खानेकुरा खान दिएर तिहारको पहिलो दिन काग तिहार मनाइने गरिएको छ । काग तिहार पर्वदेखि नै नेपालीको दोस्रो महान् चाड यमपञ्चक शुरू भएको छ । 

बुधवारदेखि भाइटीकासम्म नेपालीले दशैंपछिको दोस्रो ठूलो पर्वका रूपमा तिहार मनाउने गर्छन् । यमराजले लोकको खबर कागका माध्यमबाट थाहा पाउने भएकाले कागलाई यमदूतका रुपमा मान्ने शास्त्रीय मान्यता छ ।

यमराजसमक्ष राम्रो खबर लगिदियोस् भनेर आजका दिन कागलाई मीठामीठा खान दिई खुशी पार्ने गरिएको छ । 

दुलालले १७३ जीव जनावर तथा चराचुरुङ्गीको आवाज निकाल्दै आएका छन् ।
 

salt training

कमेन्ट गर्नुहोस्