३० जेठ २०८३, शनिबार

बिमार भएर पनि शोमा पुगे मिथुन, सुनिल ग्रोबरको शोमा देखिनेछन्

कात्तिक २०, २०७४
बिमार भएर पनि शोमा पुगे मिथुन, सुनिल ग्रोबरको शोमा देखिनेछन्
मुम्बई – भारतीय कलाकार सुनिल ग्रोबरको छिट्टै नै एक नयाँ कमेडी शो आउने भएको छ । हुन त यो कार्यक्रम कृष्णा अभिषेकले बनाउन लागेका हुन् । उक्त कार्यक्रममा सुनिल ग्रोबर गेस्ट रोलमा हुनेछन् । साथै भारतीय मिडियामा खबर आएको छ कि, मिथुन चक्रवर्ती पनि यो शो मा खास सदस्य हुनेछन् ।

एक भारतीय समाचार माध्यमका अनुसार मिथुन उक्त कमेडी थिएटरको ओनर हुनेछन् । तर मिथुनको भूमिका कपिल शर्मा शोको सिद्धुको जस्तो भने हुनेछैन । तर उनले फन्नी भूमिका नै निभाउनेछन् ।

उता मिथुन भने केही समयदेखि बिरामी छन् । उपचारका लागि उनी अमेरिकासमेत पुगेका थिए । अहिले भने उनी केही निको भएको समेत समाचार आएको छ ।

salt training

कमेन्ट गर्नुहोस्