३२ असार २०८३, बिहीबार

योगी सरकारले १५ करोड गरीबलाई होलीसम्म महिनैपिच्छे निःशुल्क खाद्यान्न दिने

कात्तिक १७, २०७८
योगी सरकारले १५ करोड गरीबलाई होलीसम्म महिनैपिच्छे निःशुल्क खाद्यान्न दिने

भारतको उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथले गरीबलाई निःशुल्क खाद्यान्न वितरण गर्ने योजनालाई होलीसम्म लम्ब्याएका छन् ।

बुधवार अयोध्यामा भव्य दीप उत्सव कार्यक्रममा सहभागी हुँदै मुख्यमन्त्री योगीले गरीबलाई महिनैपिच्छे १ किलो खाद्य तेल, १ किलो दाल र १ किलो नून निःशुल्क दिने जानकारी दिए ।

यसअघि योगी सरकारले निःशुल्क खाद्यान्न योजना अन्तर्गत हरेक महिना प्रतिव्यक्ति ५ किलो खाद्यान्न दिँदै आएको छ । जुन योजनाबाट १५ करोड प्रदेशवासी लाभान्वित रहेका भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।
 

salt training

कमेन्ट गर्नुहोस्