०५ साउन २०८३, मंगलबार

सैनिकहरूसँग दिवाली मनाउन पुगे मोदी, भने– तपाईंहरूका कारण देश मज्जाले सुत्न पाएको छ

कात्तिक १८, २०७८
सैनिकहरूसँग दिवाली मनाउन पुगे मोदी, भने– तपाईंहरूका कारण देश मज्जाले सुत्न पाएको छ

भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले सैनिकहरूसँग मिलेर दीपावली मनाउने परम्परा कायम राख्दै यो वर्ष जम्मु कश्मीरको नौशेरामा दीपावली मनाएका छन् । 

कर्तव्यपालनको सिलसिलामा ज्यान गुमाउने सैनिकहरूलाई श्रद्धाञ्जलि दिएपछि मोदीले सैनिकहरूको हौसला बढाउनका लागि सम्बोधन गरे । 

उनले भने, ‘सबैजना दिवाली परिवारसँग बिताउन चाहन्छन् । म पनि त्यसै गर्न चाहन्छु । त्यसैले म परिवारसँग दिवाली मनाउन आज यहाँ आइपुगेको छु ।’

‘तपाईंहरूले गर्दा हाम्रो देशमा मानिसहरू शान्तिपूर्वक सुत्न पाइरहेका छन् र पर्वको बेलामा खुशियाली मनाइरहेका छन्,’ मोदीले बताए । 
 

salt training

कमेन्ट गर्नुहोस्