०२ असार २०८३, मंगलबार

इन्धनमा पटक-पटक मूल्यवृद्धि किन ? यसो भन्छन्– आयल निगमका कार्यकारी निर्देशक पौडेल

कात्तिक १८, २०७८
इन्धनमा पटक-पटक मूल्यवृद्धि किन ? यसो भन्छन्– आयल निगमका कार्यकारी निर्देशक पौडेल

नेपाल आयल निगम लिमिटेडका कार्यकारी निर्देशक सुरेन्द्रकुमार पौडेलले पेट्रोलियम पदार्थको मूल्य वृद्धिलाई राजनीतिक विषय नबनाउन आग्रह गरेका छन् ।

कार्यकारी निर्देशक पौडेलले पेट्रोलियम पदार्थको मूल्य वृद्धिलाई राजनीतिक विषय नबनाउन आग्रह गरेका छन् ।

अन्तर्राष्ट्रिय बजारमै पेट्रोलियम पदार्थको मूल्य वृद्धि भइरहँदा नेपालमा पनि मूल्य वृद्धि हुनु स्वभाविक भएको बताए ।

उनले नेपालमा तेलको मूल्य वृद्धि भएको विषयलाई अनर्गल प्रचार गरिरहेको बताउँदै राजनीतिक दल र तिनका भातृ संगठनहरुले यसलाई राजनीतिक विषय बनाएको आरोप लगाए ।

अन्तर्राष्ट्रिय बजारमा प्रतिलिटर ७ रुपैयाँ तेलको मूल्य बढ्दा नेपालमा ३ रुपैयाँ मात्र बढाइएको बताउँदै कार्यकारी निर्देशक पौडेलले यसले जनतालाई मारमा नपार्ने बताए । उनले विश्व राजनीतिमा उतारचढाव हुँदा तेलको मूल्य बढीरहेको भन्दै अबको दुई वर्ष तेलको मूल्य स्थिर हुन नसक्ने बताए ।

कार्यकारी निर्देशक पौडेलले भने, ‘यो सरकारी संस्था हो, अस्वभाविक हुँदैन, सबै चिज पारदर्शी नै हुन्छ, अस्वभाविक भनेर हामीले सोच्नु नै सरकार, निगमप्रति पूर्वाग्रही ढंगले सोचिएको हो, यो १०० प्रतिशत स्वभाविक हो, यो स्वभाविक हुनलाई धेरै तथ्य, तथ्यांक भन्नुपर्दैन, बजारमा लिक्वीडिटी अभावको स्थिती हेर्नुहोस्, अन्तर्राष्ट्रिय बजारमा डलरको गिरावट हेर्नुहोस्, अन्तर्राष्ट्रिय मुद्राको मौज्दातको, घाटको स्थिती हेर्नुहोस्, एक वर्षअघि कति मूल्य थियो आज कति छ हेर्नुहोस्, डबल मूल्य बढिसकेको छ, बैंकमा लिक्वीडिटीको अवस्था हेर्नुहोस्, यी सबै चिजले यसलाई अस्वभाविक कसरी भन्ने ? यो विषय उपभोक्ता मारमा पर्ने भन्ने विषय नै होइन, तेल भनेको राजनीतिक कुरा होइन, सार्वजनिक कुरा हो, सरकारले सबै चिज सित्तैमा बाँड्नुपर्छ भन्ने हुन्छ कहीँ, यही चिज प्राइभेटमा भएको भए कोही बोल्दैन थिए, आजको दिनमा राजनीति गर्ने एउटै चिज छ, त्यो भनेको तेल हो, तेलमा अन्तर्राष्ट्रिय राजनीति छ, खाडी मुलुकहरु रातारात कसरी धनी भए यो हामीलाई थाहा छ, त्यसैले जहिल्यै पनि विश्वको अर्थतन्त्र अलिकति घटबढ भयो भने तेलको मूल्यले इकोनोमिलाई नराम्ररी हान्छ, तेलको मूल्य अब के हुन्छ भन्ने विषय प्रिडिक्शनकै आधार हो, त्यसैले तेलको मूल्य आगामी २ वर्ष स्थिर हुने स्थिती देखिँदैन, बढ्दै क्रममा हुन्छ, र यो १०० डलर प्रतिब्यारेलसम्म पुग्छ, यो के हो भने आज हामी ८० मा छौँ, निगमलाई ६० डलरमा पुर्याइयो भने हाम्रो मूल्य स्थिर हुन्छ, हामी ८० डलरमा छौँ, अहिले हामीलाई २० डलरको मार छ भने यो सय डलर पुग्छ भनेपछि तपाईले हेरिहाल्नुस् कहाँ पुग्छौँ हामी भन्ने कुरो ।’

कार्यकारी निर्देशक पौडेलले नेपाल आयल निगम गत वर्षको जनवरीदेखि नै घाटामा रहेको बताए । उनले मूल्य बढेपछि अहिलेसम्म ३३ रुपैयाँसम्म मूल्य समायोजन भइसकेको बताउँदै पछिल्लो २ वर्षमा १७/१८ रुपैयाँ घटाएको बताए ।

पौडेलले जिम्मेवार सञ्चारमाध्यममा आएका समाचार निगमको कुरालाई विश्वास गर्न पनि आग्रह गरे । उनले निगमले अहिलेसम्म तथ्यांक नलुकाएको दाबी गर्दै निगमलाई तथानाम गाली गलौज गर्नु अर्थतन्त्र सिध्याउने काम मात्र भएको बताए ।

कार्यकारी निर्देशक पौडेलले अहिले निगम डिजेलमा प्रतिलिटर १५ रुपैयाँ, पेट्रोलमा प्रतिलिटर २० रुपैयाँ र एलपी ग्याँसमा ७२० रुपैयाँ नोक्सानमा रहेको बताए । उनले यस आर्थिक वर्षमा निगमले जति नै मूल्य बढाएपनि २० अर्ब नोक्सानमा जाने दाबी गरे। कार्यकारी निर्देशक पौडेलले यस वर्षमा पेट्रोलियम पदार्थको मूल्य प्रतिलिटर १४० रुपैयाँ पुग्ने बताउँदै यसमा अन्यथा मान्नु नहुने बताए ।

salt training

कमेन्ट गर्नुहोस्