चीनकी प्रसिद्ध टेनिस खेलाडी पङ शुआईले सामाजिक सञ्जालमा एउटा पोस्ट गर्दै चीनका पूर्व उपप्रधानमन्त्रीमाथि यौन शोषणको आरोप लगाएकी छन् ।
पछि उनले पोस्ट डिलिट गरिन् । मंगलवार अबेर राति उनको भेरिफाइड वीबो अकाउन्टको स्क्रीनशटमा यसको पुष्टि भएको थियो ।
रोयटर्स समाचार संस्थाका अनुसार, पङले चाङ गाओलीविरुद्ध आरोप लगाएकी हुन् । पोलिटब्युरो स्थायी समितिका पूर्व सदस्य चाङले यौनका लागि बाध्य बनाएको पङको आरोप छ ।
पोस्ट हटाइएपछि इन्टरनेटमा पङको नाम खोजी गरिन थालेको थियो ।
उनको पोस्टको स्क्रीनशट सामाजिक सञ्जाल ग्रुपमा भाइरल हुन थाल्यो ।
तर पङले आरोपलाई पुष्टि गर्ने विषयमा प्रमाण दिन नसकेको बताइएको छ ।
चीनको परराष्ट््र मन्त्रालयले यस विषयमा कुनै जवाफ दिएको छैन । वीबो पोस्टका विषयमा सोधिएको प्रश्नमा परराष्ट्र मन्त्रालयका प्रवक्ता वाङ वनबिनले यस विषयमा कुनै जानकारी नरहेको र परराष्ट्र मामिलासम्बन्धी प्रश्न नभएको उनले बताए ।