
नव वर्ष नेपाल संवत् ११४२ प्रारम्भ हुने खुशीयालीमा बुधवार साँझ मैनबत्ती र्याली निकालिएको छ ।
नेपाल संवत् र यसका प्रवर्तक शङ्खधर साख्वाःसँग जोडिएको वडा नम्बर १५ स्थित ऐतिहासिक स्थल लखुतीर्थबाट र्याली निकालिएको हो । र्यालीको प्रमुख अतिथि सांसद जीवनराम श्रेष्ठ थिए ।
बाह्र वटा सांस्कृतिक र भाषिक संघसंस्थाको संयुक्त आयोजनामा निकालिएको र्यालीले भित्री शहरका विभिन्न भागहरूको परिक्रमा गरेको थियो ।
शुक्रवार नव वर्ष नेपाल सम्वत् ११४२ प्रारम्भको पहिलो दिन सिन्हं स्वां खलःले काठमाडौंको वसन्तपुरबाट मोटरसाइकल र्याली निकाल्दैछ । र्यालीले काठमाडौं, ललितपुर, भक्तपुर र कीर्तिपुरका विभिन्न भागहरूको परिक्रमा गरी शुभकामना बाँड्नेछ ।
आयोजक संस्था सिन्हं स्वां खलःका अनुसार साँझ वसन्तपुरमै सामूहिक म्ह पूजा (शरीर पूजा) को आयोजना गरिने छ । यस पूजामा संयुक्त राज्य अमेरिका र जर्मनीका राजदूतहरू सहभागी हुने बताइएको छ ।