२३ असार २०८३, मंगलबार

केदारनाथमा भारतमा प्रधानमन्त्री मोदीले गरे आदि शंकराचार्यको प्रतिमा अनावरण

कात्तिक १९, २०७८
केदारनाथमा भारतमा प्रधानमन्त्री मोदीले गरे आदि शंकराचार्यको प्रतिमा अनावरण

भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले शुक्रवार बिहान केदारनाथमा आदिगुरु शंकराचार्यको प्रतिमा अनावरण गरेका छन् । 

प्रतिमाको निर्माण सन् २०१९ मा शुरू गरिएको थियो । 

प्रतिमा १३ फीट अग्लो छ र यसको तौल ३५ टन छ । 

प्रतिमा अनावरण गर्नुअघि मोदीले केदारनाथ भगवान् शिवको पूजाअर्चना गरेका थिए । 

पूर्जाअर्चना र आरतीपछि मोदीले मन्दिर परिसरको निरीक्षण गरेका थिए । त्यसपछि उनले आदि शंकराचार्यको समाधिस्थलमा पुगेर प्रतिमा अनावरण गरे । प्रतिमाका अगाडि बसेर उनले ध्यान पनि लगाए । 

मोदी बिहान ७ बजे देहरादूनस्थित जोली ग्रान्ट विमानस्थल पुगेका थिए । त्यहाँबाट सीधै उनी केदारनाथका लागि प्रस्थान गरे । 

salt training

कमेन्ट गर्नुहोस्