०४ असार २०८३, बिहीबार

कांग्रेस महाधिवेशन अब मेरो हातमा छैन, समयमै हुन्छ, तयारीमा लाग्नुस्– देउवा

कात्तिक १९, २०७८
कांग्रेस महाधिवेशन अब मेरो हातमा छैन, समयमै हुन्छ, तयारीमा लाग्नुस्– देउवा
फाइल तस्वीर

प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीको १४ औं महाधिवेशन तोकिएको समयमै हुने बताएका छन् ।

शुक्रवार भक्तपुरमा आयोजित तिहार, नेपाल संवत् र छठ पर्व विशेष शुभकामना आदानप्रदान कार्यक्रममा प्रधानमन्त्री देउवाले नेपाली कांग्रेसको पार्टी महाधिवेशन समयमै हुने दाबी गरेका हुन् ।

उनले पार्टीको महाधिवेशन आफ्नो हातमा नभएको र निर्वाचन समितिले पार्टीको महाधिवेशन समयमै गराउने बताए ।

प्रधानमन्त्री देउवाले पार्टी महाधिवेशन स्वस्थ रुपमा हुनुपर्ने भन्दै जीत र हारले पार्टीभित्र दुश्मनी बढाउनु नहुने बताए ।

प्रधानमन्त्री देउवाले भने, ‘अहिले पार्टी अधिवेशन आउँदै छ । यसमा देशभरबाट सर्वसम्मतिमा सभापति बनाउनुस्, हुँदै हुँदैन भने स्वस्थ प्रतिस्पर्धाबाट सभापति बनाउनुस् । जीत हार हुन्छ, हार्नेले जित्नेको सहयोग र जित्नेले हार्नेको सहयोग लिनुपर्ने हुन्छ । जीत हारमा दुश्मनी नबढोस्, पार्टीभित्रको मामिला हुनाले जीत हारमा दुश्मनी नबढोस्, त्यस्तो अधिवेशन हुनुपर्छ । जसले जे भनेपनि कुरा नपत्याउनुस्, अधिवेशन समयमा हुन्छ, हुन्छ । अब अधिवेशन पार्टी सभापतिको हातमा छैन, निर्वाचन समितिको हातमा छ, मैले चाहेर पनि हुँदैन, मैले भनेर पनि हुँदैन,अधिवेशनको तयारीमा लाग्नुहोला ।’

प्रधानमन्त्री देउवाले पार्टीका नेता, कार्यकर्तालाई महाधिवेशनको तयारीमा लाग्न आग्रह पनि गरे । बेलायतमा मन्त्रीहरूले एष्ट्राजेनिकाको खोप तीनपल्ट लगाउनुपर्ने बताएको भन्दै उनले सबैले तीन पटक एष्ट्राजेनिकाको खोप लगाउन आग्रह गरे । उनले भक्तपुरका एक सांसदलाई बागमती प्रदेश सरकारको मन्त्री बनाउने आश्वासन पनि दिए ।

salt training

कमेन्ट गर्नुहोस्