३१ जेठ २०८३, आइतबार

पहिरोले अवरुद्ध कर्णाली करिडोर १५ दिनपछि सञ्चालनमा

कात्तिक १९, २०७८
पहिरोले अवरुद्ध कर्णाली करिडोर १५ दिनपछि सञ्चालनमा
सांकेतिक तस्वीर

अवरुद्ध कर्णाली करिडोर सञ्चालनमा आएको छ ।

कालिकोटको नरहरिनाथ गाउँपालिकाको लालीघाटबाट हुम्लाको सल्लीसल्लासम्मको सडक खण्डको वर, गोब्रेभिड र खोलीबजार सिमखेतमा गएको पहिरो पन्छाएर सडक सञ्चालनमा आएको हो ।

पहिराको कारण करिडोरका विभिन्न ठाउँमा ठूला–ठूला ढुङ्गा खसेर अवरुद्ध भएको थियो । अवरुद्ध सडक खुलाउन नेपाली सेनाले निरन्तर काम गरेको थियो ।

सेनानी प्रेम कार्कीले अवरुद्ध सडक १५ दिनपछि खुलाएको जानकारी दिए ।

उनले भने- “निरन्तर काम गरेर पहिरो पन्छाई सडक पूर्णरूपमा सञ्चालनमा ल्याऔँ । ”

सडक अवरुद्ध हुँदा कालिकोट, बाजुरा र हुम्लाका धेरै नागरिकले सास्ती खेप्नुपरेको थियो ।

गत असोज ३१ देखि चार दिन लगातार परेको वर्षाले कर्णाली करिडोर अवरुद्ध भएको थियो ।

salt training

कमेन्ट गर्नुहोस्