०१ असार २०८३, सोमबार

रिकन्डिसन हाउसमा आगो लाग्दा एक करोड ५० लाख बराबर क्षति

कात्तिक १९, २०७८
रिकन्डिसन हाउसमा आगो लाग्दा एक करोड ५० लाख बराबर क्षति
सांकेतिक तस्वीर

उदयपुर सदरमुकाम गाईघाट बजारको डिएमगेट नजिकैको मुख्य सडक खण्डस्थित एक मोटरसाइकल रिकन्डिसन हाउसमा गए राति आगलागी हुँदा रु एक करोड ५० लाखभन्दा बढीको क्षति भएको छ ।

विद्युत् शर्ट भई रौतारानी सप्लायर्समा आगलागी हुँदा त्यहाँ रहेका ५० भन्दा बढी मोटरसाइकलसहित अन्य विभिन्न उपकरण जलेर नष्ट भएको सञ्चालक राजकुमार राउतले बताए ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक बेदप्रसाद गौतमले आगलागी भएको खबर प्राप्त हुनासाथ आगो निभाएको जानकारी दिए ।

salt training

कमेन्ट गर्नुहोस्